वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]
बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]
काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विद्यालय जाने उमेरका बालबालिकालाई पायक पर्ने विद्यालयमा भर्ना गर्न र नियमित रूपमा विद्यालय पठाउन आह्वान गरेका छन् । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ भन्ने सङ्कल्पका साथ शैक्षिक सत्र २०८१ को विद्यार्थी भर्ना अभियान शुरु भएसँगै प्रधानमन्त्रीले आह्वान गरेका हुन् । शिक्षा पाउनु हरेक बालबालिकाको संविधानप्रदत्त एवं […]
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टर र रजिस्ट्रार नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा प्रधानमन्त्रीले शुक्रबार रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्क केसी नियुक्त गरेका हुन् । बरालका अनुसार त्रिवि ऐनअनुसार रेक्टर र रजिस्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले नियुक्ति गरेका हुन् । रजिस्ट्रारमा […]
काठमाडौं । गीतकार तथा लेखक लिला सेलिङको कविताकृती ‘‘सेप्म्माङलक’’ र भिमकुमार सेलिङको ‘‘आयोमा दर्पण’’ कृतिको संयुक्त रुपमा पुस्तक बिमोचन गरिएको छ । सेलिङका नयाँ पुस्तक ‘‘सेप्म्माङलक’’ र ‘आयोमा दर्पण’ शनिबार साहित्यिक जमघटका बिच विमोचन गरिएको हो । शिक्षाको निम्ति आफ्नो जीवनको आधा उमेर सुम्पिएका श्री गुप्तेश्वर मावि याङ्वरक ३, ओयामका पूर्व प्र.अ. श्री भिम कुमार […]
बिराटनगर । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ। परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार आठ सय छ विद्यालयका पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। आज बिहान ८ बजेबाट ११ बजेसम्म सञ्चालन हुने परीक्षा चैत २७ गते सम्पन्न हुने बोर्डका अध्यक्ष प्रा […]
देवानगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा – २०८० सम्पन्न भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको उत्त कार्यक्रम मंगलवार सम्पन्न भएको हो । बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा हरिनगर […]
हरिनगर । हरिनगर गाउँपालिकाका विद्यालयहरुमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुको बोर्ड परीक्षा आउँदो चैत्र १ गते देखि हुने भएको छ । नेपाल सरकारले कक्षा ८ को बोर्ड परीक्षा लिने र नतीजा निकाल्ने अधिकार स्थानीय सरकारलाई दिए पछि कक्षा ८ को बोर्ड परीक्षा हुन लागेको हो । शिक्षा युवा तथा खेलकुद शाखा हरिनगरका प्रमुख बाबा ठाकुर […]
विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज […]