०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

मनोरंजन

टिकटकको विकल्पमा प्रत्येक हजार भ्युजमा १५ रुपैयाँ दिने आयो अर्को नेपाली एप

काठमाडौं । पैसा कमाउन सकिने सामाजिक सञ्जाल स्मार्टगफले आफ्नो सेवा सुरु गरेको छ । भिडिओमा प्राप्त भ्युजका आधारमा प्रयोगकर्तालाई पैसा दिने गरी स्मार्टगफ एप प्रालिले यो एप ल्याएको हो ।  हालै मात्र सार्वजनिक भएको थियो । स्मार्टगफ एप नेपालका लागि यहाँको माटो सुहाउँदो हुने गरी नेपालीले नै बनाएको कम्पनीले बताइको छ । “सामान्य प्रयोगकर्ताले फेसबुक, […]

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ। सरकारको निर्णय अुनसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लखे गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ। साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ। ‘संलग्न सूचीमा […]

हरिनगर ।  नेपाल दूरसञ्चार प्राधिकरणले टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकक संस्थाहरूलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को बसेको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेपछि प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई टिकटक बन्द गर्न पत्राचार गरेको हो । प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ‘वर्ल्डलिङ्क’लगायतका कम्पनीहरूले टिकटक आजदेखि नै बन्द गरिसकेको र बन्द हुन बाँकी कम्पनीलाई पत्राचार गरिएकोले छिट्टै […]

हरिनगर । नेपालमा टिकटक आजदेखि नै बन्द गरिने बताइएको छ। आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ। त्यसपछि आजदेखि नै टिकटक बन्द गर्ने तयारी गरिएको हो। टिकटकले समाजमा नकारात्मक प्रभाव पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्। […]

काठमाडौं । बलिउडका चर्चित अभिनेताको रूपमा चिनिँदै आएका अजय देवगनले अहिलेसम्म सय भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका छन्। फिल्ममा अभिनयलाई प्राथमिकता दिँदै आएका उनी आफ्ना फिल्मको प्रचारप्रसारमा देखिन्छन्। अजयले अभिनय गरेका पुराना फिल्महरू अझै पनि चर्चामा छन्। बलिउड फिल्मकर्मी पुरानो फिल्मको सिक्वेल बनाएर धेरै आम्दानी गर्दै आएको देखिन्छ। यसै क्रममा अजयको फिल्म ‘दीवानगी’ को सिक्वेल बन्ने भएको छ। यस फिल्मलाई अनिस बज्मीले निर्देशन […]

काठमाडौं । हल सञ्चालक बनेपछि दीपकराज गिरीले प्रदर्शक र निर्मातालाई राहत दिने एक महत्वपूर्ण घोषणा गरेका छन् । शुक्रबारदेखि नयाँ बानेश्वरमा सञ्चालनमा आएको आफ्नो लगानीको हल ‘एनबी सेन्टर’को उद्घाटनको क्रममा बोल्दै उनले यो हलबाट निर्माता र प्रदर्शकले ५०(५० प्रतिशत हिस्सा ९सेयर० पाउने बताए । दीपकले भने, ‘आजकै मितिबाट यो हलबाट निर्माता र हलको ५०–५० प्रतिशत […]

काठमाडौं । हिन्दु धार्मिक संघसंस्थाको विरोधपछि नाटक ‘ह राम पण्डित’को नाम परिवर्तन गरिएको छ । नाटकको शीर्षकले साम्प्रदायिक विद्वेष फैलाएको भन्दै हिन्दु जागरण पार्टी र शिव सेना नेपाल विरोधमा उत्रिएका थिए । अब यो नाटकको नाम ‘ह बिन्दु राम पण्डित’ राखिएको छ । ती धार्मिक संस्थाको विरोधपछि बिहीबार नाटकको शो प्रभावित भयो । नाम परिवर्तन […]

काठमाडौं । हक्की स्वभावकी छिन् अभिनेत्री ऋचा शर्मा । मनमा लागेको कुरा भनिहाल्ने उनको बानी छ । आफ्नो सामाजिक सञ्जाल पछिल्लो पोस्टमा ऋचाले नेपालका अस्पताल र स्वास्थ्यकर्मीको व्यवहारप्रति आक्रोश पोखेकी छन् । छोरा आभ्यान लडेर टाउकोमा चोट लागेपछि ऋचा चण्डोलको कोपिला क्लिनिकमा पुगेकी थिइन् । त्यहाँका कर्मचारीले गरेको व्यवहारप्रति ऋचा क्रुद्ध बनेकी हुन् । इन्स्टाग्राममा […]

देवानगञ्ज । ऐतिहासिक राजनीतिक घटनामाथि बन्न लागेको फिल्म ‘कोतपर्व’को शीर्ष भूमिकामा अभिनेता सौगात मल्ल अनुबन्धित भएका छन् । फिल्मका निर्देशक रिमेश अधिकारीका अनुसार बुधबार निर्माण कम्पनी र अभिनेता मल्लबीच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । आगामी चैतदेखि छयाङ्कन गर्ने तयारी रहेको फिल्ममा सौगातको पात्रबारे खुलाइएको छैन् । निर्देशक अधिकारीले अन्य कलाकारहरू तय गर्ने क्रम बाँकी […]