विराटनगर । धरान हात्तीसार स्थित केन्द्रीय प्रविधि क्याम्पस सञ्चालक समितिले आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानित १६ करोड, ६० लाख, ४८१ रुपैयाँको बजेट पारित गरेको छ । समितिको सोमवार बसेको २६ औँ पूर्ण बैठकमा लेखा प्रमुख सुरेश सुवेदीद्वारा प्रस्तुत अनुमानित बजेट व्यापक छलफलपछि पारित गरिएको हो । उनले गत: आर्थिक वर्ष २०८०/०८१ को बजेटमा कुल […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले समाज सेवामा युवाको भूमिका महत्वपूर्ण हुने बताए। लायन्स क्लब विराटनगर सेन्टरको आज यहाँ आयोजित २९औँ पदस्थापना समारोहमा मुख्यमन्त्री कार्कीले युवाको माध्यमबाट समाजमा रहेका विकृति, विसङ्गति, अन्धविश्वास र कुरीति प्रथालाई अन्त्य गर्नुपर्नेमा जोड दिएका छन्। मुख्यमन्त्री कार्कीले भने, “राष्ट्रिय हित, सार्वभौम नेपाल र नेपाली जनतालाई शिरमा राखी क्लबले गर्ने […]
कञ्चनपुर। कञ्चनपुरमा आठ लाख मुल्यको अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ। इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ७ लाख ३५ हजार, इलाक प्रहरी कार्यालय दोधाराले ७२ हजार ८८० प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थाइ प्रहरी पोष्ट मझगाउँले ६ हजार १८० गरि जम्मा ८ लाख २२ हजार ७६० मूल्य बराबरको भन्सार […]
विराटनगर । कोशी प्रदेशमा प्राकृतिक प्रकोपबाट आर्थिक वर्ष २०८०/०८१ एक वर्षको अवधिमा ७७ जनाको मृत्यु भएको छ । उक्त घटनाहरूमा कुल २७७ जना घाइते भएका थिए । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले दिएको जानकारी अनुसार उक्त अवधिमा सबै भन्दा बढी १ हजार ७३१ स्थानमा आगलागीका घटना भएका थिए । ४९६ स्थानमा पहिरो र ११७ स्थानमा […]
बझाङ । बझाङमा बाँया हात भाँचिएर उपचारका लागि आएका एक जना बालकको दायाँ हातमा प्लास्टर गरिएको तस्विर मंगलबार साँझदेखी सामाजिक सञ्जालमा भाइरल भैरहेको छ । जिल्ला अस्पताल बझाङका स्वास्थ्यकर्मीहरुको लापर्बाहीले यस्तो भएको भन्दै अस्पतालका कर्मचारीहरुलाई सञ्जाल प्रयोगकर्ताहरुले गाली गरिरहेका छन् । अस्पतालले बिरामीको उपचारमा गम्भीर लापरबाही गरेको भन्दै मंगलबार केही बेर विप्लव समर्थक कार्याकर्ताहरुले कार्यालय प्रमुखको […]
काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना बुधबारदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सार्ने गरिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ […]
विराटनगर । कोशी प्रदेश स्थित विराटनगर–९ मा रहेको मिथिला कन्सल्टेन्सीका व्यवस्थापक सुभम साहमाथि कुटपिट भएको छ । कोवास कलेजका प्रिन्सिपल सुनिल श्रेष्ठसहित चार जनाको समूहले सोमवार कार्यकक्षभित्र प्रवेश गरेर २७ वर्षीय साहमाथि कुटपिट गरेको हो । आफूमाथि श्रेष्ठसहित कलेजका बाउन्सर र सुरक्षागार्डले निर्घात कुटपिट गरेको साहले बताए । प्रिन्सिपल श्रेष्ठले म्यानेजर साहलाई कुटपिट गरेको सिसि […]
काठमाडौं । आराध्यदेव भगवान् पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ । अहिले पशुपतिनाथमा भक्तजन पूजाअर्चनाका लागि लाइन लागेका छन् । साउन महिनाभर देशभरका शिवालयसहित पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष पूजाआजा हुने गर्दछ । पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले पशुपतिनाथ मन्दिरमा साउनको पहिलो दिन आज बिहानैदेखि भक्तजनको पूजाआजाका लागि घुइँचो […]
धनुषा । मधेस प्रदेश सरकारले असार २८ गते त्रिशूली नदीमा बस दुर्घटनामा परेका मधेस प्रदेशका मृतकका परिवारलाई एक लाख रुपैयाँका दरले राहत दिने घाेषणा गरेकाे छ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले मधेस प्रदेशका जिल्लाका मृतकका पीडित परिवारलाई प्रतिव्यक्ति एक लाखका दरले राहत उपलब्ध गराउने बताए। प्रमुख जिल्ला अधिकारीको सिफारिसका आधारमा सो राहत रकम प्रदान […]
विराटनगर । नेपाल-भारत सिमानाकाहरूमा लागुऔषध नियन्त्रण गर्दै दुर्व्यसन रहित समुदायको लागि कोशी प्रदेश प्रहरीले ‘दुर्व्यसन विरुद्ध आमाहरू’ अभियान सुरु गरेको छ । कोशी प्रदेश प्रहरी प्रमुख नायव महानिरीक्षक चन्द्र कुबेर खापुङको सभापतित्वमा आइतबार भएको कार्यक्रममा उक्त जानकारी दिइएको हो । अभियान जिल्ला प्रहरी मोरङ, इलाका प्रहरी रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा सुरु […]