०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

समाचार

सप्तकोसीमा मान्छे उद्धार गर्ने मुखिया सम्मानित

भण्टाबारी । कोसी गाउँपालीकाले सप्तकोसी नदिबाट आफ्नो ज्यानको प्रवाह नगरी डुब्न लागेका व्यक्तिको उद्धार गर्ने स्थानीय चन्दर मुखियालाई सम्मान गरेको छ । मानवताका निम्ति उनले खेलेको भूमिकाको उच्च प्रशंसासहित उनलाई सम्मान-पत्र सहित खादा ओढाएर मंगलबार एककार्यक्रमका बीच कोसी गाउँपालीका अध्यक्ष ऐयुब अन्सारीले सम्मान गरेका हुन । कोसी ब्यारेज भई यात्रा गर्ने क्रममा दुर्घटनामा परी सप्तकोसी […]

देवानगञ्ज । बालबालिका देशको कर्णधार भएकाले उनीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सुविधा सम्पन्न शिक्षालय हुनुपर्ने सांसद भगबती चौधरीले बताएकी छन् । सामुदायिक विद्यालयहरुको शैक्षिकस्तर सुधार्न तीनै तहका सरकारले विशेष जोड दिनुपर्ने बताउँदै चौधरीले विद्यालयको पूर्वाधार, शिक्षकहरुको गुणस्तर राम्रो भए विद्यार्थीहरुले पढ्न सक्ने पनि बताइन् । गृहजिल्ला सुनसरी निर्वाचन क्षेत्र नं. ३ को बर्जु गाउँपालिका वडा […]

हरिनगर । नेकपा एमालेकी सांसद भगबती चौधरी एसियाकै ज्योती भगवान गौतम बुद्धको जन्मस्थल लुम्विनीको स्थलगत निरीक्षण र अध्ययनमा पुगेकी छन् । शुक्रबार पूर्वमन्त्री समेत रहेकी सांसद चौधरी लुम्विनीको मायादेवी मन्दिर तथा तिलौराकोटको राजा सुद्धोधनको दरबार क्षेत्रको अवलोकन गरेकी हुन् । सुनसरी निर्वाचन क्षेत्र नं. ३ गढी गाउँपालिकामा बौद्ध मोनास्टिक निर्माण कार्य अगाडी बढाई रहेकी चौधरीले […]

काठमाडौं । सुनसरीको धरानमा गोरु काटी हत्या गरिएको भन्दै राष्ट्रिय एकता अभियानले काठमाडौंको नयाँ बानेश्वरस्थित बिरोध प्रदर्शन गरेका छन् । आज राष्ट्रिय एकता अभियानका संयोजक विनय यादवको संयोजनमा नयाँ बानेशवरस्थित संघीय संसद भवन अगाडि “गौ हत्याका मतियार प्रधानमन्त्री प्रचण्ड राजीनामा गर”, “गौ हत्या बन्द गर “, “प्रधानमन्त्री राजीनामा देऊ’, “संविधानको रक्षा गर” , ” गौवंशलाई […]

हरिनगर । सुनसरीको धरान–११, मङ्गबारे चोकमा साउन ३० गते गोरु काटेर सार्वजनिक भोज गरिएको घटनामा राजनिकदलहरुको मौन समर्थन रहेको पाईएको छ । धरानको मङ्गलबारेमा मंगलबार मात्र गोरु काटेर जेल परेका दोषीहरु जेल बाहिर आएको खुशीयालीमा गोरु नै काटेर भोज लगाइएको भन्दै सामाजिक सञ्जालमा तस्विर तथा भिडियोहरु अपलोड भएका थिए। आदिवासी जनजातिको अधिकारको पक्षमा काम गर्दै […]

देवानगञ्ज । सुनसरीकाे देवानगञ्ज गाउँपालिका देखि सुनसरीको सदरमुकाम जाेड्ने मुख्य सडककाे अवस्था जीर्ण हुँदा आवतजावतमा सास्ती खेप्नुपरेको छ । वर्षाै देखि सडक जीर्ण अवस्थामा रहेपनि सम्बन्धित निकायले चासो नलिएको कारण सडकको अवस्था जीर्ण भएको हो। दैनिक कामकाजकाे लागि आवतजावत गर्ने सर्वसाधारणहरुलाई सास्ती खेप्नु परिरहेको भएपनि स्थानीय सरकारले कुनै चासो नदिएको देखिएको छ । स्थानीय सरकारले […]

भण्टाबारी । सुनसरीको सप्तकोसी नदिमा डुबेर एकजना युवकको मृत्यू भएको छ । सप्तकोसी नदिमा विहान ७ : ०० बजेको समयमा बोलबम जानको लागि जल भर्ने क्रममा युवक नदीमा डुबेर बेपत्ता भएका थिए । सुनसरी र सप्तरीको सीमामा पर्ने कोसी गाउँपालीका वडा नम्बर ८ कोसी ब्यारेज स्थित सप्तकोसी नदिमा जल भरेर नुहाउने क्रममा सोमबार बिहान भारत […]

भण्टाबारी । सप्तकोसी नदीको पूर्वी बाँध फुटेको शनिबार १५ वर्ष पुरा भएको छ। गएको २०६५ साल भदौ २ गते सुनसरीको पश्चिम कुशाहास्थित पूर्वी तटबन्ध फुट्दा ७ हजार ५ सय ६३ घरपरिवारका ४२ हजार ७ सय ६३ जना स्थानीय विस्थापित भएका थिए। तर, बाँध फुटेर घरवारबिहीन भएका बाढी पीडितहरूले १५ वर्ष पुगिसक्दा पनि राहत नपाएको बताएका […]

हरिनगर । सुनसरीको धरानमा केही दिन अघि गोरु काटेको अभियोगमा इलाका प्रहरी कार्यलय धरानले दुई जनालाई पक्राउ गरेको थियो । पहिचानवादी अभियान्ताहरुको आन्दोलनबाट उनीहरु निशर्त रिहाई भए । रिहाई पछि दुबैजनलाइ धरान ११ स्थित मंगलबारे चोकमा सम्मान स्वागत सङ्गै सामुहिक रुपमा गोरु काटेर मासु खाँदै गरेको भिडियो बनाएर पोस्ट गरेको प्रति विश्व हिन्दू परिषद नेपालले […]

विराटनगर । सत्तारूढ गठबन्धनले कोशी प्रदेशका ज्येष्ठ सांसद गयानन्द मण्डललाई राज्यमन्त्री बनाउने भएको छ । मुख्यमन्त्री उद्धव थापाले कांग्रेस सांसद मण्डललाई कृषि राज्यमन्त्री बनाउने भएका हुन् । उनको शपथ आजै तय भएको छ ।गठबन्धनको निर्णय अनुसार मण्डलले राज्यमन्त्री पाउने माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले बताए । कोशी प्रदेशसभा सभामुखविहीन छ । उपसभामुख […]