०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

समाचार

स्थानीय तहका कर्मचारीहरुको अनिस्चीतकाल पेन डाउन

हरिनगर । १८ बुँदे माग राख्दै स्थानीय तहमा कार्यरत कर्मचारीहरुको आन्दोलनलाई ऐकवद्धता जनाउँदै सुनसरीको हरिनगर गाउँपालिकामा कार्यरत कर्मचारीहरुले अनिस्चीतकाल पेनडाउन गर्ने गरी बिरोध कार्यक्रम गरेका छन् । मङ्गलवार कार्यालय खुल्ने समय बिहान १० देखि १२ बजेसम्म आन्दोलनलाई समर्थन जनाउँदै पेनडाउन गरिएको पालिका स्तरीय आन्दोलन संघर्ष समितिका संयोजक मुकेश कुमार राउतले बताए। गाउँपालिकाको विषयगत शाखामा कार्यरत […]

बिराटनगर । इजरायलबाट नेपाली विद्यार्थी तथा नागरिककाे तत्काल उद्दार गर्न सांसद भगबती चाैधरीले सरकार समक्ष माग गरेकी छन्र । प्यालेस्टाइनको इस्लामिस्ट समूह हमासले इजरायलमाथि गरेको आक्रमणमा परी १० जना नेपालीहरूको मृत्यु भइसकेकाे अवस्थामा इजरायलमा बंकरभित्र ज्यान जाेगाएर बसिरहेका नेपाली विद्यार्थी र नागरिककाे जीवन रक्षाका लागि कुनै पहल नगरेकाेमा आश्चर्य ब्यक्त गर्दै प्रतिनिधि सभा सदस्य चाैधरीले […]

हरिनगर । जिल्ला प्रहरी कार्यालय सुनसरीको आयोजनामा समुदाय प्रहरी साझेदारी अन्तर्गत ईलाका प्रहरी कार्यालय हरिनगरमा नागरिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । हरिनगरमा आयोजित कार्यक्रममा सहभागीहरुले सिमावर्ती क्षेत्रका सर्वसाधारणलाई सामान्य खालको घरायसी समान ल्याउन दिनुपर्ने, चोरी तस्कारी नियन्त्रण गर्नुपर्ने, प्रहरी मेरो साथी र मुस्कान सहितको सेवाको अनुभुती दिलाउनुपर्ने, जनतालाई दुख दिने कुनैपनि काम गर्न नहुने, […]

बिराटनगर । सांसद भगबती चौधरीले शिक्षा विधेयकले शिक्षक, विद्यार्थीहरुको समग्र माग र विषय संवोधन गर्न नसकेको बताएकी छन् । शुक्रबार संसदमा शिक्षा विधेयक २०८० माथि बोल्दै सांसद चौधरीले विधेयकले केही समय अगाडी मात्रै आन्दोलनरत शिक्षकहरुका माग र मुद्दा समेत नसमेटेको भन्दै विधेयकमाथि पुनः छलफल चलाईनुपर्ने बताइन् ।   ‘शिक्षा विधेयक कसको लागि ल्याउँदैछौं, कस्तो हुनुपर्ने, […]

हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र हरिनगर गाउँपालिकाले दिनहुँ बढ्दै गई रहेको सडक दुर्घटनामा कमी ल्याउन तथा निगरानी राख्नका लागि सडक छेउ सि सि क्यामरा जडान गर्ने भएको छ । सडकमा सवारी साधनहरुको गति नियन्त्रण , सवारीसाधनहरुको नम्बर प्लेट चिन्हित गर्न , गाडी पहिचान गर्न , जिप , कार ,मोटरसाइकल ,वा टिपर लगायत सबै गतिबिधी दिउँसो […]

ईनरुवा । सार्वजनिक कार्यक्रमबाटै धार्मिक द्वन्द फैलाउने खालका उत्तेजक अभिव्यक्ति दिने धर्मगुरु आचार्य श्रीनिवास पक्राउ परेका छन् । उनलाई प्रहरीले सुनसरीको चक्रघट्टीबाट  नियन्त्रणमा लिएको हो । उनले केही दिन अगाडि धार्मिक तथा साम्प्रदायिक द्वन्द भड्काउने खालको अभिव्यक्ति दिएका कारण पक्राउ गरिएको प्रहरीले जनाएको छ । सार्वजनिक स्थलमा हतियारसमेत प्रदर्शन गर्दै बोलेका उनले गाइ काटेका कसैलाई […]

देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको उपाध्यक्ष कुमारी बिभा यादवले विद्यालयमा सञ्चालित बालविकासको अनुगमन गरिएको छ । देवानगञ्ज – २ स्थित रहेको श्री माध्यमिक विद्यालय देवानगञ्जमा रहेको बालविकासको अनुगमन गरिएको हो । सञ्चालित बालविकासको अवस्था सुधार, समस्या समाधान र गुणस्तरीय शिक्षा प्रदान गरिएको वा नगरिएको बारे जानकारी लिन एवं बिद्यार्थीलाई दिईने खाजा पाउने स्थानको […]

हरिनगर । सुनसरीको इनरुवा नगरपालिका २ स्थित बाल मन्दिर माध्यमिक विधालयले कोशी प्रदेश उधोग, कृषि तथा सहकारी राज्य मन्त्री रामप्रसाद महतोलाई सम्मान गरेको छ । विधालय व्यवस्थापन समिति अध्यक्ष सुरेन्द्र मेहता र प्रधानाध्यापक सत्य नारायण महतो सहितकाले प्रदेश राज्य मन्त्री महतोलाई सम्मान गर्नु भएको छ । विधालयले एक कार्यक्रमको आयोजना गरी विधालयका चन्दादाता, बिकास प्रेमी […]

देवानगञ्ज । मुल, प्रमाणित, उन्नत बिउ प्रदर्शन प्लटमा भन्ने नारा सहित कृषी ज्ञान केन्द्र सुनसरीको आयोजना र JICA Technical Cooperation Project को प्राविधिक सहयोगमा देवानगञ्जमा कृषक दिवस सम्पन्न भएको छ। दिवसको अवसरमा बीउ उत्पादन, आपुर्ती तथा गुणस्तरीय नियंत्रण प्रणाली सुदृढीकरण परियोजना, झुमका, सुनसरीको (तरिका प्रदर्शन कार्यक्र) गरी सम्पन्न भएको हो । देवानगञ्ज गाउँपालिका – २, […]

बिराटनगर । अभिनेता अनमोल केसी हिरासतमुक्त भएका छन् । काठमाडौं जिल्ला अदालतले उनीमाथि तीन अनुसन्धान गर्न दिएको समय आज समाप्त भएसँगै हाजिरी जमानीमा उनी रिहा भएका हुन् । प्रहरीले उनलाई हाजिरी जमानीमा छाेडेकाे हाे । अदालतले केसीकाे तीन दिन म्याद थपेकाेमा शुक्रबारबाट गणना भएकाले आजै म्याद गुज्रिएपछि उनी छाडिएका हुन् । उनले आफ्नै गाडी मगाएर हिरासतबाट […]