बिराटनगर । राष्ट्रिय योजना आयोगले १६ औं योजनाबारे छलफल सुरू गरेको छ । कोशी प्रदेशबाट बिहीबार देखि सुझाव संकलन थालेको हो । कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले काठमाण्डौंमा बसेर नभई लक्षित क्षेत्र र वर्गसँग बसेर योजना बनाउन आग्रह गर्नुभयो । उहाँले कोशी प्रदेशको भूगोल,रहनसहन र आबश्यकता त्यहिंका मानिसलाई थाहा हुने भएकाले सहभागितामूलक योजना बनाउन […]
साहेवगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका ५ नं. वडा कार्यलयको आयोजनामा नेपालीहरुको महान चाड शुभ दिपावली तथा छठ पर्वको अवसरमा साहेबगञ्जमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । सुनसरी क्षेत्र नं. २ बाट निर्वाचित संघिय सांसद तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री भिम आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि आचार्यले सम्पुर्णमा […]
हरिनगर । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकामा स्थानीय युवाहरुको सक्रियतामा भई रहेको प्रथम युथ फेस्टिवल २०८० ले युवाहरुमा उत्साह जगाएका छन् । युवाहरु भित्र रहेको प्रतिभालाई बाहिर ल्याउनको लागि एउटा ठाउँ दिने उदेश्यले स्थानीय युवा रोशन मेहता र पंकज मेहताको दृढइक्षा शक्तिले युथ फेस्टिवल भईरहेको जनाइएको छ । कार्तिक १७ गते देखि विधिवतरुपमा उद्धघाटन गरी […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाको मुटु मानिने देवानगञ्ज बजार स्थित रहेक श्री श्री १०८ श्री काली मन्दिरबाट काली पुजा, शुभ दिपावली तथा लक्ष्मी पुजाको अवसरमा बिभिन्न झाँकीं सहित यही कार्तिक २३ गते बिहिबारका दिन बिहान ६ बजे भव्य कलश यात्रा निकालिने भएको छ । बिगतको भन्दा फरक तरिकाले अघोरी नाच, बिर बजरंगी हनुमान […]
हरिनगर । सुनसरीको दुहबी नगरपालिकाका मेयर बेद गछदारलाई स्थानीय जनताले २५ किलोको माला पहिरÞ्याउँदै सम्मान गरेका छन् । दुई कार्यकालसम्म मेयरको भूमिकामा देखिएका बेद गच्छदारलाई स्थानीय तहका भौतिक तथा मानविय विकासका लागि निडर अनि हिम्मतका साथ अगाडी बढेर कार्यसफल गरेको भन्दै यो सम्मान गरिएको बताइएको छ । दुहबी–६ का बीजी गोयन्काको अगुवाइमा दुहबी–५ स्थिति बजार […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले केशलीया नदीको तटबन्ध सँगै सौन्दर्यीकरणका लागि सरकारले आवश्यक पहल कदमी लिने बताएका छन् । आइतबार सरोकारवाला र दातृ निकायसँगको छलफलमा मुख्यमन्त्री कार्कीले विराटनगर बजार पश्चिम रहेको नदीको तटबन्धका साथै सौन्दर्यीकरणका लागि प्राथमिकताका साथ बजेट विनियोजन गर्ने र सङ्घ र स्थानीय सरकारबिच समन्वय गरी नमुना एकीकृत योजनाको निर्माण गर्ने […]
बिराटनगर । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको शुभ साइत कात्तिक २९ गते बुधबार बिहान १०: ५१ बजे शुभ रहेको जनाएको छ। भाइटीकाका दिन दिनभर दिदीबहिनीका हातबाट टीका लगाउन शुभ रहेपनि साइत खोज्नेका लागि १०ः ५१ बजेको साइत दिइएको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुंगेलले राससलाई जानकारी दिए। राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने […]
बिराटनगर । कोशी प्रदेशसभाको आज बसेको बैठकले ‘प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ प्रस्ताव निर्णायार्थ प्रस्तुत हुँदा सर्वसम्मतिले पारित भएको छ । सो प्रस्ताव विनाविभागीय मन्त्री शम्शेर राईले प्रदेशसभा नियमावली, २०७४९पहिलो संशोधन सहित० को नियम ९२ बमोजिम पेश […]
विराटनगर । राष्ट्रिय योजना आयोगले जारकोटलाई केन्द्र बनाएर गएको भूकम्पको कारण पुगेको क्षतिको विवरण संकलन गर्न सुरू गरेको छ। जाजरकोट केन्द्रबिन्दु भइ शुक्रबार राति गएको ६.४ म्याग्नेच्युडको भूकम्पमा परी १५७ जनाको मृत्यु भएको थियो भने थुप्रै संरचनामा क्षति पुगेको छ। आयोगका सह–प्रवक्ता दिवाकर लुईटेलका अनुसार उपसचिव अशोक कोइरालाको नेतृत्वमा अहिले विवरण संकलनको काम भइरहेको छ। […]
बिराटनगर । कोशी प्रदेशसभाको कात्तिक १ गते स्थगन गरिएको चौथो अधिवेशनको चौथो बैठक भोलि कात्तिक २० गते सोमबार दिउँसो १ बजे बस्ने भएको छ । अर्को सूचना जारी नभएसम्म स्थगन गरिएको बैठक कोशी प्रदेशसभा नियमावली, २०७४ को नियम ६ बमोजिम भोलि सोमबार बैठक बस्ने भएको प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिएका छन् ।