०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाचार

पर्यटक आकर्षित गर्न उल्टो घरको निर्माण, दैनिक ७० हजार सम्म कमाइ

हरिनगर । उत्तरी मोरङको पर्यटकीय क्षेत्र मिक्लाजुङ ३ टाँडीको निसेलुङ पार्कमा आन्तरिक र बाह्य पर्यटकलाई आकर्षित गर्न अनौठो प्रविधि अपनाइएको छ । त्यो अनौठो प्रविधिले एक महिनादेखि दैनिक सरदर ७० हजार रुपैयाँ आम्दानी गर्दै आएको छ । पूर्वपश्चिम राजमार्गबाट झण्डै १४ किलोमिटर उत्तरमा पर्ने मोरङको पहाडी क्षेत्र यो झापा र इलामको संगम क्षेत्र हो । […]

हरिनगर । विराटनगर महानगरपालिका-१५ ढाटस्थितबाट लागुऔषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धरान उप(महानगरपालिका-६ का २३ बर्षीय मन कुमार बिश्वकर्मा रहेका छन् । सोमबार दिउँसो ४ बजे लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको पैदल यात्री बिश्वकर्माको साथबाट लागुऔषध ब्राउन सुगर १ ग्राम ९० […]

काठमाडौं । आगामी कोप २८ मा अर्थपूर्ण सहभागिताको तयारीका लागि सरकारले राष्ट्रिय जलवायु सम्मेलन गरेको छ । लाजिम्पाटस्थित होटल र्‍याडिसनमा जारी सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलगायत प्रदेश र स्थानीय तहका प्रतिनिधिहरू समेत सहभागी रहेका छन् । वन मन्त्रालयको आयोजनामा भएको राष्ट्रिय जलवायु सम्मेलनका क्रममा सरकारले राष्ट्रिय अनुकुलन योजना र राष्ट्रिय निर्धारित योगदान कार्यान्वयन योजना सार्वजनिक […]

काठमाडौं । माछा मार्ने क्रममा करेन्ट लागेर पोखरामा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पोखरा महानगरपालिका – २९ पटेनी डेरा गरी बस्ने ४६ वर्षीय भीमलाल सुनार र ४६ वर्षीया सावित्री सुनार रहेका छन् । उनीहरू श्रीमान् श्रीमती हुन् । सोमबार अपराह्न ४ बजे उनीहरूलाई पटनेरीस्थित कुलोमा माछा मार्ने क्रममा करेन्ट लागेको थियो । […]

बराहक्षेत्र। सुनसरीको वराहक्षेत्र नगरपालिका १ स्थित वराहक्षेत्र मन्दिरमा कात्तिके हरिबोधिनी एकादशी मेलाको तयारी पूरा भएको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने मेला यस वर्ष यही मङ्सिर ७ गतेदेखि मङ्सिर ११ गते पूर्णिमासम्म लाग्ने छ । वराहक्षेत्र संरक्षण मञ्चका अध्यक्ष भक्तबहादुर श्रेष्ठका अनुसार मेलाका लागि बजार, कोशी नदीमा घाटको व्यवस्थापन विद्युत, खानेपानीलगायत उपसमिति गठन गरिएको […]

दमक । झापामा भैँसीसित मोटरसाइकल ठोक्किंदा एक जनाको युवको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । झापाको कमल गाउँपालिका–३ सहिदगेट नजिक को२१प ७७ नम्बरको मोटरसाइकल बुधबार भैंसीसँग ठोक्किएको हो । उक्त दुर्घटनामा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका-४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको छ । तीव्रगतीका कारण मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग […]

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका वडा नं. १ स्थित प्रसिद्ध तीर्थधाम वराहक्षेत्र मन्दिरमा कात्तिके अर्थात् हरिबोधिनी एकादशी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । प्रत्येक वर्ष वराहक्षेत्र धाममा लाग्ने धार्मिक हरिबोधिनी एकादशी मेला यस वर्ष मङ्सिर ७ गते बिहीबार एकादशीको दिनबाट सुरु भई मङ्सिर ११ गते सोमवार पूर्णिमाको दिनसम्म ५ दिन आयोजना हुने वराहक्षेत्र संरक्षण मञ्चका […]

हरिनगर । आस्थाको महापर्व छठ आजदेखि विधिवत रुपमा सुरु भएको छ। छठपर्व गर्ने व्रतालुले आज पहिलोदिन माछ मरुवा बार्ने अर्थात माछा, कोदोलगायतका बिटुलो मानिने खाना नखाइ चोखो खाने गर्छन्। उनीहरु खानामा माछा मासु, कोदो, उसिनेको चामल, मुसुरो र तामसी तथा राजसी भोजन परित्याग गर्ने गर्दछ। जसलाई स्थानीय भाषामा माछ मरुवा बार्ने दिन तथा ‘अरबा-अरबाइन’ खाने […]

ईनरुवा । सुनसरीमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धरान उपमहानगरपालिका–६ मालपोत चोकमा बुधबार राति भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन घाइते भएका छन् । मृत्यु हुनेमा मोरङको केराबारी गाउँपालिका–५ का ३४ वर्षीय पदमबहादुर लिम्बू रहेको प्रहरी नायब उपरीक्षक नवीनकृण भण्डारीले जानकारी दिए । दुर्घटनामा सोही ठाउँका २३ वर्षीया […]

ईनरुवा । गए राति सुनसरी सदरमुकाम इनरुवा–१ स्थित मुख्य बजारमा आगलागी भएको छ। सुनसरीका प्रहरी नायब उपरीक्षक नवीनकृष्ण भण्डारीले इनरुवा–१ स्थित वृद्धिचन जैनले सञ्चालन गरेको किराना पसलमा आगलागी भएको जानकारी दिए। लक्ष्मीपूजाका दिन स्थानीयले मनोरञ्जनका लागि पड्काएको पटका जैनको घरपछाडि रहेको रुखको बोटनजिक खस्दा आगलागी भएको प्रत्यक्षदर्शीले जनाएका छन्। आगलागीबाट एउटा काठको घर र घरभित्र […]