देवानगञ्ज । नेपाल भारतबीचका सीमा स्तम्भको मर्मत तथा रंगरोगन कार्य सुरु भएको छ । सीमा स्तम्भ जोखिममा पर्न नदिनका लागि सशस्त्र प्रहरी बल नेपाल १ नम्बर वाहिनी पकली सुनसरीले नेपाल–भारत सीमा स्तम्भको मर्मत सम्भार तथा रंगरोगन कार्यको थालनी सुनसरी जिल्ला सँग जोडिएको सिमानामा पनि गरेको हो । सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गण सुनसरीको आयोजनामा […]
धरान । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कोलवोटेमा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । इलामबाट बनभोजका लागि धनकुटाको नमस्ते झरना आउँदै गरेको मे १ ख ३३८० नम्बरको बस बिहान करिब १०ः४५ बजे दुर्घटना भएको हो। इलामको माइ नगरपालिका-४ स्थित गरुवा आधारभूत विद्यालयका विद्यार्थी बनभोज आउँने क्रममा ब्रेक फेल भएर बस दुर्घटना भएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पहिचानको मुद्दालाई राजनीतिक स्वार्थ सँग जोडेर हेर्न नहुने बताउँदै प्रतिस्थापित बजेटमा पहिचानलाई प्रदेशमा स्थापित गर्ने विषयहरू समेटिएकोमा ध्यानाकर्षण गराएका छन् । अध्यादेश मार्फत आएको चालू आर्थिक वर्षको बजेट प्रतिस्थापन विधेयक पारित भई प्रमाणीकरणको लागि मुख्यमन्त्री कार्की शुक्रवार प्रदेश प्रमुख परशुराम खापुङसंग भेट गर्न पुगेका थिए । उक्त अवसरमा मुख्यमन्त्री […]
काठमाडौँ । स्पेक्ट्रलाइट यूके लिमिटेड र आजियाटा यूके लिमिटेडबीच एनसेलको सेयर कारोबारका लागि सम्झौता भएको छ । यो सम्झौता बमोजिम स्पेक्ट्रलाइट यूकेले आजियाटाको सेन्टस् कीटस् एन्ड नेभीसमा रहेको रेनोल्डस् होल्डिङ् लिमिटेडको १०० प्रतिशत स्वामित्व लिनेछ । एनसेलको ८० प्रतिशत स्वामित्व रेनोल्डस् होल्डिङ्सँग रहेको छ । स्पेक्ट्रलाइट एनसेलका सेवाहरूको दायरा विस्तार गर्दै गुणस्तर अभिवृद्धि गर्न र […]
हरिनगर । गुल्मीको चन्द्रकोट गाउँपालिका–४ शान्तिपुरमा बालिकालाई बलात्कार गरी हत्या अभियोगमा मदरसाका शिक्षक पुर्पक्षका लागि जेल चलान भएका छन् । बाँके खजुरा ७ घर भई स्थानीय मदरसामा अध्यापन गराउन बसेका २३ वर्षीय रहिस खाँ लाई शान्तिपुरमा डेरा गरी बस्दै आएकी १५ वर्षकी मनिषा रुचाललाई बलात्कार गरी हत्या गरेको अभियोगमा जिल्ला अदालत गुल्मीले पुर्पक्षका लागि थुनामा […]
विराटनगर । कोशी प्रदेश सरकारले ल्याएको बजेट सर्वसम्मतिले पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकबाट आर्थिक वर्ष २०८०–८१ को विनियोजन विधेयक सर्वसम्मतिले पारित भएको हो । कोशी प्रदेश विनियोजन अध्यादेश २०८० लाई प्रतिस्थापन गर्न बनेको आर्थिक वर्ष २०८०–८१ को सेवा र कार्यका लागि प्रदेश संचित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको […]
श्री शालवाहनीय शाके १९४३ ने.सं. ११४४ वि.सं. २०८० साल मङ्सिर १३ गते बुधबार, २९ नोभेम्बर २०२३, पिङ्गलनाम संवत्सर, मार्ग कृष्णपक्षको द्वितीया तिथि १४ः१२ बजेसम्म, उप्रान्त तृतीया, नक्षत्र मृगशिरा १४ः११ बजेसम्म, उप्रान्त आद्र्रा, चन्द्रमा राशि मिथुन, सूर्योदय ०६ः३४ बजे र सूर्यास्त ०५ः०८ बजे हुनेछ । मेष (चु, चे, चो, ला, लि, लिु, द, ले, लो, अ) […]
काठमाडौं । जलवायु परिवर्तन सम्बन्धी सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यूएईको दुबई जाँदै छन् । प्रधानमन्त्री प्रचण्ड बुधबार राति साढे ९ बजे दुबईका लागि प्रस्थान गर्ने उनको सचिवालयले जनाएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफसीसीसी)का पक्ष राष्ट्रहरुको २८औं सम्मेलन (कोप २८) यही मंसिर १४ देखि २६ गतेसम्म यूएईको दुबईमा हुँदै […]
बिराटनगर । पश्चिमी वायुको सामान्य प्रभाव तथा राजस्थानमा विकास भएको न्यून चापीय प्रणालीका कारण काठमाडौं उपत्यकासहित देशका विभिन्न भूभागमा बदलीको अवस्था रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान काठमाडौं उपत्यकासहित कोशी, मधेस, कर्णाली, सुदूरपश्चिम प्रदेशमा बदलीको अवस्था रहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिए। उनका अनुसार काठमाडौं उपत्यकामा बदलीका […]
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. ७ सिनुवारीबाट केराबारीमा केरा चोरी गर्दै गरेको अवस्थामा एकजना पक्राउ परेका छन् । विगत केही दिन देखि देवानगञ्जमा केरा चोरी बढे पछि किसानहरू चिन्तित छन् । खेतमा केरा काटी बोरामा हाल्दै गरेको देखेपछि सोधपुछ गर्न खोज्दा केरा छोडेर भाग्न खोज्दा केरा चोर हो भनेर स्थानीयहरु समातेर प्रहरीको जिम्मा […]