काठमाडौं । निजामति कर्मचारीले देशभर काम ठप्प पार्ने चेतावनीपछि त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयभित्र कर्मचारी कुटपिट गर्ने प्रहरीको ड्युटी परिवर्तन गरिएको छ। गृहमन्त्रालयको निर्दैशनमा आइतबारबाट उनीहरुको ड्युटी परिवर्तन गरिएको हो। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा ती प्रहरीलाई हटाइएको हो। आइतबार दिउँसो उनीहरूको स्थानमा अन्य प्रहरीलाई ड्युटीमा खटाइएको गृहमन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायण […]
काठमाडौं । विज्ञापन बोर्डले सार्वजनिकस्थानमा राखिने होडिङबोर्ड र सञ्चारमाध्यममा प्रकाशन तथा प्रसारण हुने विज्ञापनमा विदेशी कलाकारलाई प्रयोग गर्न नपाइने जनाएको छ। बोर्डले आज आयोजना गरेको ‘विज्ञापनमा कलाकारहरुको भूमिका’ विषयक छलफल कार्यक्रममा बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईँले विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ जारी भएपछि यस क्षेत्रलाई नियमन र व्यवस्थित गरिएको बताएका। उनले विज्ञापनमा स्वदेशी कलाकारलाई प्रोत्साहन दिन […]
विराटनगर । प्रहरीले विराटनगर र दमकबाट शनिवार २ जनालाई लागुऔषध ब्राउनसुगर सहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । पक्राउ पर्नेमा विराटनगर-१२ का २३ वर्षीय शौरभ सोनी र झापाको दमक-९ का २६ वर्षीय पासाङ तामाङ छन् । प्रहरी अनुसार शनिवार बेलुका साढे ४ बजे विराटनगर-१५ एक नम्बर ढाटबाट लागुऔषध ब्युरो विराटनगरको प्रहरी […]
मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इञ्जिनियरिङको इतिहास मात्रै पढ्ने इञ्जिनियरले समाज बदल्न नसक्ने बताएका छन् । नेपाल इञ्जिनियर एशोसिएशन कोशी प्रदेशको कार्यालय भवनको शनिबार उद्घाटनपछि मुख्यमन्त्री कार्कीले कोशी प्रदेशका इञ्जिनियरहरूले प्रयोगात्मक अभ्यास गरेर नयाँ इञ्जिनियरिङ सिद्धान्त संसारलाई दिनु आवश्यक रहेको बताएका हुन् । ‘जनतालाई घर, पुल, कम्प्युटरसेवा कस्तो दिने किनकि अहिले सर्वसाधारणको दैनिकी नै […]
इलाम । गत वर्ष चिया टिप्ने तरिका नमिल्दा सूर्योदय नगरपालिका–१ का जगन्नाथ अधिकारीले चियाको प्रतिकेजी मूल्य ३५ मात्र पाए । नगरपालिकाले लागू गरेको चियाको न्यूनतम समर्थन मूल्य ४० छ तर चियाको मुना ४० प्रतिशत अनिवार्य हुनुपर्छ । किसानले चिया टिप्दा मुना छुट्याएर नटिप्ने र पात धेरै मिसाएर टिप्ने भएका कारण न्यूनतम समर्थन मूल्य नै पाउन […]
हरिनगर । धरानका स्थानीय उत्पादन, कृषि उपज प्रवद्र्धन र आर्थिक गतिविधि बढाउने उद्देश्यका साथ सुनसरी उद्योग वाणिज्य संघले ‘धरान एक्स्पो’ आयोजना गर्ने भएको छ । ‘धरान एक्स्पो’ नामकरण गरिएको कृषि, पर्यटन, कला–संस्कृति, शिक्षा, खेलकुद तथा औद्योगिक, व्यापार प्रदर्शनी आगामी फागुन ११ देखि २३ गतेसम्म आयोजना हुने छ । यो प्रदर्शनी संघले दोस्रो पटक आयोजना गर्न […]
रौतहट । रौतहटको ईशनाथ नगरपालिकास्थित एक विद्यालयमा रहेको हनुमान मन्दिर र ब्रह्मस्थानमा आगजनी भएको छ । ईशनाथ ५ जटहाराटोलस्थित सामुदायिक स्कुलको प्राङ्गणमा रहेको हनुमान मन्दिर र विद्यालय नजिक रहेको ब्रहमस्थानमा अज्ञात समूहले आगजनी गरेको हो । आगजनीबाट हनुमानको मूर्ति र ब्रह्मस्थानमा क्षति पुगेको छ। जिल्ला प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले घटनाको पुष्टि गरेकी छन्। कसैले […]
धरान । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले विदेशमा रहेका गैरआवासीय नेपालीहरूलाई कोशी प्रदेशका धेरै क्षेत्रमा सम्भावना रहेकाले लगानी गर्न आग्रह गरेका छन् । विदेशमा सिकेका सीप, ज्ञान र प्रविधि प्रयोग गरेर कोशी प्रदेशमा लगानी गर्न आउनेलाई प्रदेश सरकारले संरक्षण र प्रवद्र्धन गर्ने उनले बताएका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले नेपाल रेडक्रस सोसाइटी सुनसरीलाई उपलब्ध गराएको […]
विराटनगर । भारतीय ग्राहकलाई लक्षित गरेर सञ्चालन गरिने क्यासिनोमा नेपाली नागरिकको प्रवेश प्रतिबन्ध छ । तर, विराटनगरका क्यासिनो भने नेपालीले नै भरिभराउ हुनेगरेका छन् । जुवाजन्य खेल खेलाइने क्यासिनोमा नेपालीहरूको प्रवेश खुला रहेको पछिल्लो एक घटनाले पनि प्रष्ट पार्छ । गत शुक्रबार मध्यराति रत्ना होटलमा रहेको सम्राट क्यासिनो बाहिर दुई नेपाली युवाबीच खुकुरी हानाहान भएको […]
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले समाजका सदस्यहरूले लोभ त्याग गरेपछि मात्रै असल समाजको निर्माण हुने बताएका छन् । हलुवाई साह समुदायको कूल देउता बाबा कंगाली शिवदत्त देवको पुजनोत्सवमा बर्जू गाउँपालिका-२ बेलगछियामा सोमबार उनले भने, ‘समाजमा अहिले स्वार्थमा लिप्त भएका व्यक्तिहरूको कारण समाज पछि परेको छ।’ उनले अहिलेसम्म हुँदै आएको भौतिक विकासले परम्परागत समाज […]