०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाचार

गैरआवासीय नेपाली संघको समानान्तर संस्था भयो दर्ता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को समानान्तर संस्था दर्ता भएको छ । परराष्ट्र मन्त्रालयले बुधबार ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडीओ) दर्ता गरेर सम्बन्धितलाई प्रमाणपत्र प्रदान गरेको छ । २९ पुस २०८० को परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडीओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो […]

जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका–१ चित्रपुरमा भारतबाट मान्छे बोलाएर बाँदर धपाइएको छ । गाउँमा बाँदरले धेरै दुःख दिन थालेपछि वडा कार्यालयले भारतको मथुराबाट ३ जना बाँदर धपाउन जान्ने व्यक्ति बोलाएको थियो । उनीहरुले एक महिनाको अवधिमा बस्ती वरपरबाट ५ सय बाँदर समातेर जंगलमा छाडेको वडाध्यक्ष अशोककुमार महतोले जानकारी दिए । तीन जनाले बाँदरलाई खोरमा पारेर […]

हरिनगर । पुल बनाउन खनेको खाल्डोमा खसेर प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ। चितवनस्थित नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रानाको निधन भएको हो। रूपन्देही घर भएका ३३ वर्षीय राना मंगलबार बेलुकी करिब ११ बजेतिर नारायणगढ-मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेका थिए। मोटरसाइकलमा सवार राना चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित […]

विराटनगर ।  लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर-१७ की १९ वर्षीय अनिता बैठा र विराटनगर–१६ की ३० वर्षीय सरस्वती गुरुङलाई विराटनगर-१५ बाट ब्राउनसुगर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार अनितालाई १९ दशमलव ३३ ग्राम ब्राउनसुगर सहित पक्राउ गरिएको हो । सरस्वतीलाई सोही घटनामा संलग्न भएको आरोपमा १ थान […]

धरान । इटहरी–१ गङ्गा मार्गमा बस्ने देवीमाया खड्काले १४ वर्षअगाडि सिकेको ढाकाको सीपले अहिले उनी व्यवसायी बनेकी छन्। त्यो समयमा आफ्नै सिकाइले ढाकाको सारी बुन्न सिकेको उनी बताउँछिन् । छिमेकीले तान बुनेको देखेपछि उनले पनि घरमा तान बनाएर आफ्नै तरिकाले सारी बुन्न सुरु गरेकी थिइन् । यसरी सिकेको ढाकाको सीपले अहिले उनलाई व्यवसायी बनाएको छ । […]

बराहक्षेत्र । सुनसरीको  बराहक्षेत्र नगरपालिका वडा नम्बर  -१ बराहक्षेत्रस्थिति कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ। बुधबार बिहान ९:३० बजेको समयमा अन्दाजी ६० बर्षीय पुरुष  नदीमा हाम फालेको खबर पाएपछि  तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट  खटिएका प्रहरी र  स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको बराक्षेत्र प्रहरीकार्यलय जानकारी दिएको छ।  उद्धार गरिएका पुरुषलाई  […]

काठमाडौँ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको संघको भनाई छ । डा. सञ्जीव […]

विराटनगर । कोशी अस्पताल भित्र सञ्चालित औषधि पसलमा स्वास्थ्य बिमाको सुविधाका औषधि नपाउने गरेको जनगुनासो आएपछि विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला औषधि पसलको सोमवार अनुगमन गरेका छन् । उपमेयर शिल्पा निराला कार्की सहित गरिएको अनुगमनमा मेयर कोइरालाले स्वास्थ्य बिमा सुविधामा उल्लेख भएका औषधि पसलमा भए नभएको निरीक्षण गरेका थिए । जनताको सुविधाका लागि सरकारले स्वास्थ्य […]

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसन र पारस मल्टिस्पेसियालिटी हस्पिटलबीच निःशुल्क स्वास्थ्य शिविर गर्नका लागि सहकार्य हुने भएको छ । सोमबार पत्रकार सम्मेलनको आयोजना गरेर विराटनगर महानगरपालिका-११ महेन्द्र चोकस्थित पारस मल्टिस्पेसियालिटी अस्पताल र गिरि फाउन्डेसनले संयुक्त रूपमा शिविरको आयोजना गर्नेगरी सम्झौता गरे । पारस हस्पिटलसँग विभिन्न समयमा निःशुल्क रूपमा शिविरको आयोजना गर्नेगरी […]

विराटनगर । समाजसेवी अभिषेक गिरिले स्थापना गरेको गिरि फाउन्डेसनले विराटनगरका दुइटा विद्यालयका विद्यार्थीहरूलाई स्वेटर र शैक्षिक सामग्री वितरण गरेको छ । सोमबार फाउन्डेसनका अध्यक्ष गिरिले विराटनगर महानगरपालिका-८ का दुई सामुदायिक विद्यालयमा न्यानो कपडा स्वेटर र ह्वाइट बोर्ड वितरण गरेका हुन् । विराटनगर-८ स्थित मदरसा तालिमुल कुरआन माध्यमिक विद्यालयमा अध्ययनरत ४५ छात्रछात्रालाई स्वेटर वितरण गरे । […]