०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाचार

पूर्व शिक्षकलाई सम्मान गर्दै नमुना विद्या मन्दिरले मनायो अभिभावक दिवस

विराटनगर । विराटनगर–८ स्थित नमुना विद्या मन्दिर आवासीय माध्यमिक विद्यालयले ३१ औं अभिभावक दिवस मनाएको छ । शनिबार हाटखोला स्थित आरोहण गुरुकुलमा नमुना विद्या मन्दिरले ३१ औं अभिभावक दिवस मनाएको हो । अभिभावक दिवसको अवसरमा नमुना विद्या मन्दिरले दुई जनालाई सम्मान समेत गरेको छ । नमुना विद्या मन्दिरमा लामो समय शिक्षण गरेका पूर्व शिक्षक तिर्थराज […]

विराटनगर  । सम्झौता गरेको समयसीमाभित्र निर्माणको काम पूरा नगरी अलपत्र पारेर सम्र्पकविहीन भएको विराटनगरको एउटा निर्माण कम्पनीको साढे १६ करोडभन्दा बढी ग्यारेन्टी रकम जफत गरिएको छ । विराटनगरस्थित कोशी अस्पतालको भवन निर्माणको काम बीचमै छोडेर सम्पर्कविहीन भएकोे विराटनगरको भूमि–बी.आई. पी.एल.कन्स्ट्रक्सनको बैङ्क ग्यारेन्टी र पर्फर्मेन्स ग्यारेन्टी बापतको १६ करोड ८३ लाख ६६ हजार ५ सय रुपैयाँ जफत […]

राँझा  । नेपालगञ्ज उपमहानगरपालिकाले सहकारी संस्थालाई नियमन अभियान सञ्चालन गरेको छ । सहकारी संस्थालाई विधिसम्मत सञ्चालन भए नभएको अनुगमन गर्दै आएको उपमहानगरपालिका सहकारी शाखाले धेरै कैफियत देखिएका सहकारी संस्थालाई कारबाहीको चेतावनी दिएको सहकारी शाखा प्रमुख प्रवीण रानाले बताए । “अनुगमनका क्रममा नेपालगञ्जको कृष्णसार कृषि सहकारी संस्थामा कैफियतै कैफियत भेटिएको छ”, शाखा प्रमुख रानाले भने, “धेरै […]

काठमाडौं । काठमाडौँसहित विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार मृतकहरुको विवरण यसप्रकार छन्- काठमाडौं- गोकर्णेश्वर नगरपालिका-५ नारायाणटार डेरा गरी बस्ने रसुवा उत्तरगया नगरपालिका-४ घर भएकी २७ वर्षीया सम्झना न्यौपाने आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । सुनसरी- ईटहरी उपमहानगरपालिका-४ बुढिखोला घाटमा काम गरी बस्ने दुहवी घर […]

बिर्तामोड । झापाको अर्जुनधारा–३ स्थित अमलडाँगी निवासी ज्योती दर्जी १३ वर्षकी भइन् । उनको यसै वर्ष मात्र प्रेम विवाह भएको उनी बताउँछिन् । गएराति मात्र उनले छोरीलाई जन्म दिएकी छन् । प्रत्सव पिडा भएपछि उनी गएराति १०ः१४ मा खुदुनावारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । २०६६ साल चैत्रमा जन्मीएकी ज्योतीले २ केजी २ सय ग्रामको छोरीलाई […]

इनरुवा । कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले इनरुवा दुहबी सडक चाँडै निर्माण कार्य सुरु हुने बताउनुभएको छ । सुनसरी सदरमुकाम इनरुवा १ मा आज स्थानीय जनतासंगको कुराकानीका क्रममा मुख्यमन्त्री कार्कीले सो कुरा बताउनुभएको हो । उहाँले इनरुवा दुहबी सडक निर्माणका लागि टेण्डर प्रक्रिया अगाडि बढेका कारणले छिट्ै निर्माण कार्य सुरु हुने बताउनुभयो । इनरुवा दुहबी […]

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले वीर अस्पताल बाहिर सञ्चालित दुईवटा औषधि पसल बन्द गर्न निर्देशन दिएका छन् । स्वास्थ्य मन्त्रालय तथा औषधि विभागको संयोजत्वमा बिहीबार गरिएको निरीक्षणका क्रममा सत्यम फर्मा र उपकार सेवा फर्माले म्याद गुर्जेका र दर्ता नभएका औषधि बिक्री वितरण गरेको भेटिएपछि मन्त्री बस्नेतले बन्द गर्न निर्देशन दिएका हुन् । उनले […]

चितवन । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले तथ्यांकमा आधारित जिम्मेवार पत्रकारिता गर्न पत्रकारहरुलाई आग्रह गरेका छन् । बिहीबार सञ्चार रजिस्ट्रार कार्यालय हेटौंडाले चितवनको सौराहमा आयोजना गरेको ‘तथ्यांकमा आधारित पत्रकारिता तालिम र मौलिक चलचित्र निर्माण तथा प्रवर्द्धनमा सहयोग कार्यक्रम’ को उद्घाटन गर्दै मन्त्री श्रेष्ठले तथ्यांकमा आधारित पत्रकारिता गर्न आग्रह […]

काठमाडौं । अमेरिका लैजाने भन्दै  भारतीयलाई काठमाडौंमा बन्धक बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसरले आज पत्रकार सम्मेलन गरी गिरोहका संलग्न ९ जनालाई सार्वजनिक गरेको हो। पक्राउ पर्नेमध्ये १ जना नेपाली र ८ जना भारतीय नागरिक रहेको काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए उनीहरूले काठमाडौंको रातो पुलस्थित एक घरमा […]

इनरुवा । इनरुवा नगरपालिका वडा नम्बर १ बस्ने आमाछोराको बैक खाता ह्याकरले ह्याक गरी खाताबाट १० लाख रुपैया उडाएको छ । इनरुवा १ घर भएका शिवनन्दन मेहताको सानिमा बैक इनरुवा शाखामा रहेको बैक खाता र उनकी आमा रुसनी देवी मेहताको लुम्वीनी बैंक इनरुवाशाखामा रहेको खाता ह्याकरले कनेक्ट आईपीएस ह्याक रकम उडाएको हो । शिवन्दन मेहता […]