०९ पुष २०८१, मंगलबार
24-12-2024 , Tue
×

समाचार

सर्वसाधारणका लागि खुल्यो भक्तपुरको भाजुपुखू र जलेश्वर मन्दिर

भक्तपुर । भक्तपुरको भाजुपुखू (भाज्या पोखरी) औपचारिक रूपमा सर्वसाधारणका लागि खुला गरिएको छ। शिवरात्रिको अवसर पारेर शुक्रबार यो पोखरी र जलेश्वर मन्दिर उद्घाटन भएको हो। २०७२ सालको भूकम्पमा भक्तपुरका थुप्रै सम्पदा भत्किएको थियो। यो पोखरीको अस्तित्व त्यसभन्दा अघि नै गुमनाम भएको थियो। भक्तपुर नगरपालिकाले अन्य सम्पदासँगै यो पोखरी जीर्णोद्धार गर्ने कामलाई पनि प्राथमिकतामा राखेको थियो। सोहीअनुसार यो पोखरी जीर्णोद्धार भएको हो। […]

काठमाडौं । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी यूएन वुमनको कार्यक्रममा सहभागी हुन अमेरिका जानु हुने भएको छ । ११ मार्चदेखि २२ मार्चसम्म अमेरिकामा हुने यूएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’को सम्मेलनको ६८ औं सत्रमा भाग लिन मन्त्री चौधरी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्यूयोर्क जान लाग्नु भएको हो ।   २६ […]

रुपन्देही प्रहरीले भारतबाट नेपालतर्फ भन्सार छली चोरी पैठारी गरी ल्याइएको सामान बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले बुधबार रुपन्देहीको कालिदह नाकाबाट भन्सार छली नेपाल भित्र्याइएको प्याज र जिल्लाको धकधही क्षेत्रबाट विभिन्न उपभोग्य सामान बरामद गरेको छ। प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१ कालिदहबाट एक सय ४० बोरा प्याज बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका […]

इनरुवा । चराको लागि प्रशिद्ध मानिने कोशीटप्पु वन्यजन्तु आरक्षमा पछिल्लो समय चराको संख्यामा कमी आएको छ । मिड–विन्टर वाटर वर्ड सेन्सस २०२४ अन्तर्गत यस वर्ष कोशीटप्पु आरक्ष लगायत कोशी नदी क्षेत्रमा गरिएको चरा गणनाका क्रममा आरक्ष क्षेत्रमा चराको संख्यामा कमी आएको हो । आरक्षमा यस वर्ष ५३ प्रजातिका पाँच हजार पाँच सय २७ को सङ्ख्यामा […]

पुरुष ३२ र महिला ३७ वर्षभित्र सेवामा प्रवेश गरिसक्नुपर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको ठ्याक्कै ६ महिनापछि संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत भदौ २१ गतेको मन्त्रिपरिषद्ले संघीय निजामती सेवासम्बन्धी विधेयक संसदमा पेश गर्ने निर्णय गरेको थियो। तर ६ महिनासम्म विधेयक प्रधानमन्त्री कार्यालयमा अड्किएको थियो। […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिका कार्यसम्पादन मूल्याङ्कनमा कोसी प्रदेशमा प्रथम भएको छ । प्रदेशका १३७ स्थानीय तह मध्ये पाचौं र नगरपालिका मध्ये इनरुवा नगरपालिकाले ४५.३३ अंक ल्याए प्रथम भएको हो । प्रदेश भरीका स्थानीय तह मध्ये इनरुवा नगरपालिका ४५.३३ अंक सहित पाचौं भएका छन् भने इनरुवा नगरपालिका प्रदेशभरका नगरपालिकामध्ये पहिलो स्थान प्राप्त […]

इनरुवा । सुनसरीको सीमावर्ती नाकाको प्रयोग गरेर पछिल्लो समय गाँजा तस्करी बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङक अनुसार चालु आर्थिक बर्षमा सुनसरीमा गाँजा तस्करीको क्रम बढ्दो क्रममा रहेको पाइएको छ । जिल्लाको बिभिन्न स्थानबाट चालु आर्थिक बर्षको अहिले सम्ममा २ हजार ६ सय ६८ केजी गाँजा सहित ६६ जना मानिस पक्राउ […]

इनरुवा । नेपाल–भारतको सीमासंगै रहेको सुनसरी जिल्लाको मुख्य नाका कोसी–८ भण्टाबारी स्थित तीनकुनेमा आज राष्ट्रिय झण्डा फहराइएको छ । सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यको बिशेष पहलमा सीमा क्षेत्रमा राष्ट्रिय झण्डा फहराइएको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । राष्ट्रिय झण्डा सबै नेपालीको मान, सम्मान एवंम स्वाभिमान प्रतिविम्ति गर्ने भएकाले आवश्यकता अनुसार निर्माण […]

इनरुवा । सुनसरीमा दादुरा–रुबेला बिरुद्ध खोप अभियान सञ्चालन गर्ने सम्पूर्ण तयारी पुरा भएको छ । स्वास्थ्य कार्यालय सुनसरीले बिहिबार सदरमुकाम इनरुवामा सरोकारवालासंगको अन्तरक्रिया कार्यक्रमको आयोजना गरेर फागुन १५ गते देखि चैत्र १ गते सम्म सञ्चालन हुने दादुरा–रुबेला बिरुद्ध खोप अभियानको सम्पूर्ण तयारी पुरा भएको जनाएको छ । सुनसरीमा खोप अभियान सञ्चालनका लागि ९९३ वटा खोप […]

काठमाडौँ । कोशी प्रदेश नामकरणको एक वर्ष पुगेको छ । तर, पहिचानवादीहरूले कोशी नामकरणको निरन्तर विरोध गर्दै पुनः नामाङ्कनको माग गर्दै आइरहेका छन् । गत वर्षको फागुन १६ गते कोशी प्रदेशसभाको बैठकले विवादका बीच प्रदेश १ को नाम कोशी प्रदेश राख्ने निर्णय गरेको थियो । एक वर्ष पुगेकै अवसरमा बिहीबार प्रदेश नं १ पुनः नामाङ्कन […]