विराटनगर । विराटनगर – ४ मा रहेको नोबेल टिचिङ्ग अस्पतालको अर्थो बिभागमा कार्यरत २३ वर्षीया स्टाफ नर्स चन्द्रिका कुमारी दासको हत्यामा संलग्न प्रेमी २२ वर्षीय शिवशंकर दासले आत्महत्या गरेको अवस्थामा मृत भेटिएका छन् । नोबेल अस्पताल अगाडीको होटल फाइनको कोठा नम्बर १०२ झुण्डिएको अवस्थामा आइतबार राती मृत भेटिएको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए […]
जनकपुरधाम । गत फागुन २७ गते बिहान सिरहाको गोलबजार नगरपालिका ६ की ३२ वर्षीया अनिता देवी साहको विभत्स हत्या भयो । बिहान करिब २ बजे श्रीमान ३५ वर्षीय महेन्द्र साह अत्तालिँदै घरबाट निस्केर चिच्याएपछि स्थानीयले घटना थाहा पाएका थिए, त्यसपछि प्रहरीले खबर पायो । साह दम्पति गत ६ महिनादेखि स्थानीय सिकिन्द्र साहको घर भाडामा लिएर […]
चितवन । चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अन्य चार जना घाइते भएका छन् । नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो […]
काठमाडौं । यसपालिको होली (फागु पुर्णिमा) पर्व सुरू भएको छ। काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ। आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो। चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ। आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पुर्याइ दाह गरेपछि होली समाप्त हुन्छ। फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल […]
काठमाडौं । संघीय संसदको प्रतिनिधि सभा बैठक आज बस्ने भएको छ । बैठक नयाँबानेश्वरस्थित संघीय संसद भवनमा बिहान ११ बजेका लागि बोलाईएको छ । आइतबारको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठले राष्ट्रिय सभामा उत्पत्ति भएको “शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथी विचार गरियोस“ भन्ने प्रस्ताव सदन सामु प्रस्तुत गर्ने सम्भावित […]
विराटनगर । पछिल्लो समय समाज सेवामा तल्लीन रहेका अभिषेक गिरीद्वारा स्थापित गिरी फाउन्डेसनको निःशुल्क स्वास्थ्य शिविरमा ७० जना प्रहरीले स्वास्थ्य जाँच गराएका छन् । फाउन्डेसनले पारस मल्टिस्पेसियालिटी हस्पिटलको समन्वयमा शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रांगणमा शिविरको आयोजना गरेको थियो । जसमा ७० प्रहरीले स्वास्थ्य जाँच गराएर निःशुल्क रूपमा औषधी लिएको फाउन्डेसनका अध्यक्ष अभिषेक गिरीले […]
बिराटनगर । राती १ बजे देखि बिरामीलाई पिसावमा समस्या देखियो , पिसाव हुनै रोकियो , आफन्तले हतार हतार बिराटनगर स्थित नोवेल अस्पताल लग्यो । निजी अस्पताल हो। चाँडो उपचार हुन्छ भनेर नोबल अस्पताल लगेको बिरामीलाई ५ : ३० मा भर्ना गरे । तर अस्पतालको कर्मचारी देखि डाक्टर नर्स र सुरक्षा गार्डहरूको गुण्डागर्दी जस्तो व्यहोरा देखेर […]
देवानगञ्ज । हिन्दू स्वयंसेवक संघ नेपाललेको आयोजनामा स्वामी विवेकानन्द संस्कृति ज्ञान परीक्षा – २०८० सम्पन्न भएको छ । नयाँ पुस्तामा स्वदेश, स्वधर्म र स्वसंस्कृतिप्रति गौरवभाव जागृत गराउने उद्देश्यले सुनसरीको देवानगञ्ज गाउँपालिका स्थित श्री कृष्ण माध्यमिक विद्यालयको खेल मैदानमा आयोजना गरिएको उत्त कार्यक्रम मंगलवार सम्पन्न भएको हो । बहुवैकल्पिक उत्तरसहित ५० वटा प्रश्न सोधिएको परीक्षामा हरिनगर […]
इनरुवा । सुनसरी सदरमुकाम इनरुवा १ जेलफिल्ड ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको छ । इनरुवा नगरपालिकाको बजेटबाट ब्रहमदेव मेहताको घर देखि दक्षिण जानेबाटोमा नाला निर्माण तथा सडक मर्मत सम्भारको काम भएको हो । इनरुवा नगरपालिकाको चालु आर्थिक बर्ष २०८०÷०८१ को बजेटबाट नाला निर्माण तथा सडक मर्मत […]
इनरुवा । मुस्लिम धर्मावलम्बीको पवित्र पर्व एक महिने रमदान भोलिदेखि सुरु हुँदैछ । मुस्लिम समुदायले आत्मशुद्धिका लागि एक महिनासम्म उपवास बसी आत्मसंयमका लागि प्रार्थना गर्ने पर्वको रुपमा रमदान मनाउने गर्दछन् । यो एक महिने अवधिमा मुस्लिम धर्मावलम्बीले सहिष्णुता र धैर्यताको प्रतिकको रुपमा पर्व मनाउने गर्दछन् । यो अवधिमा बस्ने उपवासलाई रोजा पनि भनिन्छ । रोजालाई […]