काठमाडौं । पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो । पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । उनी पक्राउ परेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।
इटहरी । इटहरी उपमहानगरपालिकाले खोला सरसफाइ अभियानलाई तीव्रता दिएको छ । खोला किनारामा रहेका दर्जनौँ संरचनाहरू हटाउँदै उपमहानगरले सफाइ अभियान थालेको थियो । अभियान थालेको १६ दिनमा सात किलोमिटर दुरी भित्रको क्षेत्रलाई सफाचट बनाएको छ । चैत १३ गतेबाट ट्याङ्रा खोलाको सिरान इटहरी २ बाट थालेको अभियान १६ दिन पार गर्दा वडा नम्बर ९ मा […]
काठमाडौँ । इच्छाशक्ति भए जस्तोसुकै अप्ठेरोमा पनि सहज रूपमा काम सफल गर्न सकिने उदाहरण जनक शिक्षा सामग्री केन्द्र बनेको छ। विद्यालय तहको नयाँ शैक्षिक सत्र २०८१ सुरु हुनुअगावै जनक शिक्षा केन्द्र ७७ जिल्लामा पाठ्यपुस्तक पुर्याउन सफल भएको छ। नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुर्याउन बाँकी बाँके जिल्लामा पनि बुधबार नेपालगन्ज डिपोबाट पुस्तक वितरण गरिएको केन्द्रका […]
विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा बुधबार दिनदहाडै भएको तरवार प्रहारबाट दुईजना घाइते भएका छन् । विराटनगर-१४ जतुवामा तरवार प्रहारबाट विराटनगर-१४ का ४० वर्षीय सन्तलाल यादव र सोही ठाउँका ३० वर्षीय प्रकाश यादव घाईते भएका हुन् । विराटनगर-१४ का पूर्व वडाध्यक्ष बलदेव यादवको योजनाअनुसार १० जनाको समूहले उनीहरुलाई जग्गा विवादको विषयलाई लिएर आक्रमण गरेको पीडित पक्षको […]
श्री शाके १९४६ विस २०८० चैत्र २९ गते बिहिबार इश्वी सन् २०२४ अप्रिल ११ तारीख चैत शुक्लपक्ष तृतीया तिथी भरुणी नक्षत्र पश्चात कृत्तिका नक्षत्र प्रीति योग गर करण चन्द्रमा मेष राशिमा पश्चात बृष राशिमा आनन्दादि योगमा पद्य योग कालयुक्त नाम संवत्सर सूर्य उत्तरायण वसन्त ऋृतु गौरीव्रत मत्स्यजयन्ती मत्स्यनारायणमेला॥ ज्यो.पं सरोज घिमिरे मेष राशिः चु, चे, चो, ला, लि, […]
इनरुवा । सुनसरीको इनरुवा नगरपालिकामा कक्षा ८ मा एक हजार ३३८ जना परीक्षार्थी मध्ये ६४९ जना मात्र उत्तीर्ण भएका छन् । नगरँपालिकाभरका विद्यालयबाट कक्षा ८ को वार्षिक परीक्षामा सहभागी भएका परीक्षार्थीमध्ये ६४९ जना उत्तीर्ण भएका छन भने ६८९ जना अनुतिर्ण भएका हुन् । पहिलो पटक असल अभ्यास गर्दै इनरुवा नगरपालिकामा यसवर्ष कक्षा ८ को परीक्षा […]
विराटनगर । मुख्यमन्त्री केदार कार्कीको सिफारिसको मितिभन्दा अगाडि नै कोशी प्रदेश सभाको अधिवेशन आह्वान भएको छ। दुई चौथाईभन्दा बढी सदस्यहरुको लिखित अनुरोधमा प्रदेश प्रमुख परशुराम खापुंगले कोशी प्रदेश सभाको अधिवेशन ६ बैसाख २०८१ का लागि आह्वन गरेका हुन्। मुख्यमन्त्री कार्कीले २५ चैतमा कोशी प्रदेश सभाको अधिवेशन ११ जेठमा बोलाउन सरकारकोतर्फबाट प्रदेश प्रमुखलाई सिफारिस गरेका थिए। नेपालको संबिधानको […]
हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका स्थित रामनगर भुटाहामा एक युवालाई एक पछले सामुहिकरुपमा निर्घात कुटपिट गरेको छ । SEE परिक्षा दिन रामनगर भुटाहा स्थित बालकृष्ण उच्च माध्यमिक विद्यालय आएकी बहिनीलाई लिन आएका हरिनगर गाउँपालिका – ३ घर भएका जिवन मेहतालाई निर्घात कुटपिट गरिएको हो । सुरुआती जानकारी अनुसार जिवन मेहताले समाजिक सञ्जाल फेसबुकमा “मुस्लिम समुदाय […]
काठमाडौं । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले ०८४ को निर्वाचनअघि संविधानमा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर्न माग गर्दै काठमाडौंमा प्रदर्शन गरेका छन्। पछिल्ला केही दिनदेखि काठमाडौंमा रहेका साम्पाङले आज ‘८४ अघि जनताद्वारा प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्था गर’ भन्ने पोष्टरसहित उभिएर प्रदर्शन गरेका हुन्। यो मुद्दामा सबै जनता उभिन आवश्यक भइसकेको भन्दै उनले अहिलेको संसद्ले ०८४ […]
एजेन्सी । खानामा मसला नहुँदा कुनै पुरुषले आफ्नी श्रीमतीलाई छतबाट उठाएर तल फ्याँकिदिएको होला भनेर के तपाईंले कहिल्यै सोच्नु भएको छ ? छैन भने अब थाहा पाउनुहोस् । सामाजिक सञ्जालमा एउटा भिडियो निकै भाइरल भइरहेको छ । यस भिडियोमा एक व्यक्तिले आफ्नी श्रीमतीलाई कुखुराको मासुमा खुर्सानी हाल्न बिर्सेको कारणले आफ्नी श्रीमतीलाई छतबाट तल फालेका छन् । […]