०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाचार

पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ्यो

काठमाडाैं । नेपाल आयल निगमले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको छ । मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टीतेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ । त्यसैगरी, तराईमा पेट्रोल एक सय ७५ रुपैयाँ ५० पैसा र डिजेल तथा मट्टीतेल […]

आज मिति २०८१ साल वैशाख ०४ गते मंगलबार, तदअनुसार अप्रिल १६ तारिख नेपाल सम्बत ११४४ चौलाथ्व अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, चैत शुक्ल अष्टमी, चन्द्रमा कर्कट राशिमा, पुष्य नक्षत्र, धृति योग, बव करण । आज बिहान ५ बजेर ३८ मिनेटमा झुल्किएको सूर्य भरे साँझ ६ बजेर २९ मिनेटमा अस्ताउने छ । मेष […]

हरिनगर । झापाको शिवसताक्षी-७ स्थित कन्काई सिँचाइ आयोजनाको नहरमा डुबेर वडा १० का ओमबहादुर बस्नेतका १२ वर्षीय छोरा विवेक बस्नेतको मृत्यु भएको छ । कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाए अनुसार आइतबार बिहान साढे १० बजे आयोजनाको नहरको साइफन जालीमा अडकिएको अवस्थामा बालकको शव फेला परेको हो । मृतक बालकको शवलाई पोस्टमार्टमको लागी मोरङको मङ्गलवारे […]

विराटनगर । झापाको इलाका प्रहरी राजगढले चोरी भएको मोटरसाइकल ६ दिन पछि आइतबार चोर सहित पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालयले जनाए अनुसार गत चैत्र २८ गते झापाको कचनकवल-१ घेरावारिबाट ६० वर्षीय नरेन्द्र चोङवाङको प्रदेश ०१-०१-०१३ प ६२८१ नम्बरको सुपर स्पेण्डर मोटरसाइकल चोरी भएको थियो । चोरीको मोटरसाइकल सहित फरार रहेका मोरङको उर्लाबारी-५ […]

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सामान निकासी जाँचपास एक्सरे (स्क्यानिङ) मेसिन नभएको भन्दै कार्गो व्यवसायीहरूले सामान निकासी गर्न बन्द गरेका छन् । विमानस्थलको कार्गो वेयरहाउसमा सामान निकासी जाँचपासको क्रममा प्रयोग हुने एक्सरे (स्क्यानिङ) मेसिन बिग्रिएको डेढ महिना बढी हुँदा पनि नबनाएको भन्दै आइतबारबाट सामान निकासी गर्न बन्द गरेका हुन् । सोमबार विमानस्थल भन्सार कार्यालयमा व्यवसायीहरूले […]

इनरुवा । सुनसरी सदरमुकाम समेत रहेको इनरुवा नगरपालिकालाई संघीय सरकारले दिदै आएको अनुदान लगायतका अन्य शीर्षकबाट बजेट कटौती गर्दा आगामी आर्थिक वर्षमा विकास निर्माणको कार्य प्रभावित हुने भएको छ । संघीय सरकारले वित्तिय सामान्यीकरण अनुदान तर्फ तेस्रो किस्ताको रकम पठाउँदा पछिल्लो समय दुई करोड ४७ लाख ७७ हजार पाँच सय रुपैयाँ मात्र पठाउदा समस्या भएको […]

इनरुवा । काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–५ नागबेलीस्थित बहुमूल्य बोधिचित्त (बुद्धचित्त) को रुख काटेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय प्रभात तामाङ, श्यामकृष्ण मैनाली, मानबहादुर तामाङ र दुर्गालाल तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उक्त समूहले गत बिहीबार राति विस्फोटक पदार्थसहित नागबेलीस्थित ठाकुरानी […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले यो आर्थिक वर्षको चैत मसान्तसम्म नौ महिनाको अवधिमा विभिन्न मुद्दामा एक सय २१ वर्ष कैद सजाय सुनुवाइ भएका दुई सय १६ जना अभियुक्तलाई पक्राउ गरेको जनाएको छ । जिल्ला प्रहरी कार्यालयमा आयोजना गरिएको पत्रकार भेटघाटमार्फत बाँके प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक नारायण डाँगीले यो आर्थिक वर्षको चैत मसान्तसम्म […]

भक्तपुर ।  बिहानैदेखि सिन्दुर खेल्दै विभिन्न देवीदेवताका खट जात्रा गरेर रमाउँदै बिस्का चलिरहेको मध्यपुरथिमिमा मध्यान्हदेखि भने बोडे क्षेत्रमा मान्छेहरूको भीड बढ्दै गयो। हेर्दाहेर्दै मध्यपुरथिमि नगरपालिका बोडेको पाँचो गणेशको दक्षिण फर्केको पाटी आसपासदेखि बोडेको अधिकांश क्षेत्रमा मानिसहरूको भीड निकै बाक्लो भयो। बिस्केट जात्राको अवसरमा हरेक वैशाख २ गते मनाइने मध्यपुरथिमि बोडेको प्रसिद्ध जिब्रो छेड्ने जात्रा हेर्न दिउँसो […]

गोरखा । सामुदायिक विद्यालयको कक्षा १ मा छोराछोरी भर्ना गर्ने अभिभावकलाई गोरखा नगरपालिकाले १ लाख रुपैयाँको स्वास्थ्य बिमा गरिदिने भएको । शैक्षिक सत्र २०८१/०८२ मा गोरखा नगरपालिकाभित्रका सामुदायिक विद्यालयको कक्षा १ मा भर्ना हुने बालबालिका र उनका अभिभावकको निःशुल्क स्वास्थ्य बिमा गरिदिने कार्यक्रम ल्याएको नगरप्रमुख कृष्ण रानाले जानकारी दिए । सामुदायिक विद्यालयमा विद्यार्थी संख्या बढाउने उद्देश्यले […]