०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

समाचार

आज वैशाख १४ गते शुक्रबारको राशिफल

आज मिति वि.सं.२०८१ वैशाख १४ गते शुक्रबार ई.सं.२०२४ अप्रिल २६ नेपाल सम्बत ११४४ चौलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:२८ बजे भयो भने सूर्यास्त साँझ ०६:३४ बजे हुनेछ । मेष राशि (चु, चे, चो, ला, […]

धनुषा । दुई जोडी युवा–युवती भागेर गएको विषयले चर्को विवाद हुँदा धनुषाको औरही गाउँपालिका–१ पौडेसर तनावग्रस्त बनेको छ । तनाव नियन्त्रणमा लिन प्रहरीले अहिलेसम्म नौं राउण्ड अश्रुग्याँस प्रहार गरिसकेको छ । करिब दुई साताअघि दुई युवकले दुई जना युवती भगाएर लगेका थिए । ती दुई जोडी अहिलेसम्म पनि नआएपछि छोरी पक्षकाले बिहानैदेखि सडकमा टायर बालेर प्रदर्शन […]

हरिनगर । प्राचीन हरिद्वार सुनसरीको चतरामा महाकुम्भको मेलामा भक्तजनहरुको आगमन दिनप्रतिदिन बढ्दै गएको छ । मेलामा हालसम्म १२ लाख भन्दा बढी भक्तजनहरु आएर स्नान गरेको आयोजकले जनाएको छ । नेपाल लगायत भारतबाट समेत कुम्भ स्नान गर्न आउने गरेका छन् । त्यहाँ आउने सर्वसाधारणहरुले कुम्भ मेलाको शुरुवात गरेर हरिद्वार पुण्यभूमिको प्रचारमा  बालसन्तले खेलेको भूमिको प्रशंसा गरेका छन् […]

आजको फलादेश : मेष : आज आफूले आफूलाई चिन्ने दिन हो। लगानी भए शिक्षामा फाइदा हुनेछ। स्वास्थ्यमा लाभ होला। वैदेशिक लगानीबाट आम्दानी बढ्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ। वृष : मन मिल्ने साथीको कुराले महत्त्वपूर्ण काम बन्नेछ। सञ्चित धन खर्च हुनसक्छ। परिवार र प्रेम सम्बन्ध सुमधुर बन्नेछ। सामाजिक क्षेत्रमा मान र सम्मान बढ्नेछ। मिथुन : सामाजिक क्षेत्रमा सफलता मिल्नेछ। […]

काठमाडौं । अहिले धरहराअगाडि बनाइएको तीन वटा प्रतीक्षालयले सबैको ध्यान खिचेको छ। चारैतिर सिसा प्रयोग गरेर बनाइएको उक्त प्रतीक्षालयले त्यहाँ पुग्ने सबैको ध्यान खिचेको हो। भवन विभागका इन्जिनियर गोपाल भट्टराईका अनुसार उक्त प्रतीक्षालय धरहरा पुनर्निर्माण अन्तर्गत नै बनाइएको हो। ‘यो प्रतीक्षालय धरहरा पुनर्निर्माण आयोजना अन्तर्गत नै बनाइएको हो,’ उनले सेतोपाटीसँग भने, ‘धरहरा पुनर्निर्माणको सम्झौतामा यो […]

काठमाडौं । डोटीको जोरायल गाउँपालिका–२ बुडरमा ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा श्रीमानको मृत्यु भएको छ भने श्रीमती घाइते भएकी छन् । बुधबार बिहान ट्याङ्करको ठक्करबाट मोटरसाइकलमा कैलालीबाट डडेल्धुरा आउँदै गरेका जानकी गाउँपालिका कटासे कैलालीका ३६ वर्षीय रमेश विकको मृत्यु भएको हो । उनकी श्रीमती लक्ष्मी विक घाइते भएकी छन् । भीमदत्त राजमार्गअन्तर्गत बुडर क्षेत्रमा डडेल्धुराबाट धनगढीतर्फ […]

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको दमकल डढेलो निभाउन जाँदा आफै जलेको छ । तिलोत्तमा–८ गणेशनगरको जँगलमा डढेलो निभाउन गएको दमकलमा बुधबार दिउँसो हावासँगै एक्कासी आगोको लप्काले दमकलमा टिपेपछि इन्जिनसहितको भाग पूर्ण रुपमा जलेको हो । प्रहरी चौकी मँगलापुरका अनुसार नगरपालिकाका लु १ ग ३४९ नम्बरको दम्कलमा आगलागी भएको हो । घटनामा मानवीय क्षति भने नभएको […]

हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले पहाडी क्षेत्रमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, गण्डकी र कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा  मुख्यतया मौसम सफा […]

ढल्केवर । धनुषामा सडक दुर्घटनामा परी मंगलबार एक जना पत्रकारको मृत्यु भएको छ । धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा मोटरसाइकल दुर्घटनामा परी २८ वर्षीय पत्रकार विनयकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । मंगलबार बिहान आफैँले चलाएको प्रदेश ०२–००६ प ३०३५ नम्बरकाे मोटरसाइकल ढल्केवर–जनकपुर सडकखण्डमा अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोक्किएर पत्रकार यादव […]

काठमाडौँ । एक महिनादेखि मलद्वारमा बोतल बोकेर बाँचेका गोरखाका एक पुरुषको शल्यक्रिया गरेर बोतल निकालिएको छ। स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार गोरखा नगरपालिका–३ नरेश्वरका ५७ वर्षीय पुरुषको मलद्वारमा कीटनाशक औषधिको बोतल अड्किएको थियो। बोतल अड्किएर ठुलो आन्द्रा अवरुद्ध भएर त्यसको सङ्क्रमण शरीरमा फैलिँदै गएको अवस्थामा आइतबार बिहान उनको शल्यक्रिया गरिएको हो। सङ्क्रमण फैलिएको अवस्थामा गोरखा […]