हरिनगर । हरिनगरामा रहेको उपयुक्त कृषि सहकारी संस्था लिमिटेडको ९ औं बार्षिक साधारण सभा सम्पन भएको छ । हरिनगर गाउँपालिका वडा नं. – ४ हरिनगरा स्थित रहेको हरिनगरा माध्यमिक विद्यालयको सभाहलमा गाउँपालिकाकी उपाध्यक्ष रिमझिम कुमारी भगतको प्रमुख आतिथ्यमा सभाको आयोजना गर्दै आर्थिक बर्ष २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्दै साधारण सभा सम्पन भएको हो। सभामा […]
बराहक्षेत्र । सुनसरी जिल्ला स्थित बराहक्षेत्र नगरपालिका ११ मधुवन स्थिति रहेको दाजु भाइ कृषि फर्मले विगत विगतको ४ बर्ष देखि च्याउ खेती तर्फ आकर्षित भएका छन । वैदेशिक रोजगारबाट फर्केर आएका भरत र रोसन दाजु भाइले च्याउ खेती गर्दे आएको हो। पहिलोपटक २ सय सिलिन्डर अर्थात पोक्का बाट च्याउ खेती गरिएको थियो । भने अहिले […]
हरिनगर । विशेष सूचनाका आधारमा खटिएको ईलाका प्रहरी कार्यालय देवानगञ्ज र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले हरिनगर गाउँपालिका – ७ कविलासा टोलको भित्री सडक खण्डबाट १०७.८ किलो गाँजासहित दुईजनालाई पक्राउ गरेको छ। टोलीले को १ ह २२६१ नम्बरको अटोमा प्लास्टिकको चार वटा बोरामा लुकाएर ल्याइएको लागू औषध गाँजासहित अटो चालक देवानगञ्ज गाउँपालिका–२ का २० […]
देवानगञ्ज। सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ६ ठाकुरबारी चौक जिराेगुवामा अवस्थित श्री रामजानकी मन्दिरमा नवनिर्मित समुदायक भवनको उद्घाटन सम्पन्न भएको छ। विवाहपञ्चमीको अवसर पारेर एक कार्यक्रमको आयोजना गर्दै उक्त सामुदायिक भवनको उद्घाटन कोशी प्रदेश सभा सदस्य तथा पूर्व कृषि राज्यमन्त्री रामप्रसाद मेहताले गरेका थिए। कोशी प्रदेश अन्तरगतको शहरी विकास कार्यालय विराटनगरको ३५ लाख लागतमा […]
देवानगञ्ज । लिखित कसुर गरेको आरोपमा पक्राउ परेका सुनसरीको देवानगञ्ज–७ का वडा अध्यक्ष सुर्यनारायण यादबलाई बिहिबार सार्वजनीक गरेको छ । लिखित कसुर गरेको अधारमा वडा अध्यक्ष यादवलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ नियन्त्रणमा लिएर बिहिबार सार्वजनीक गरेको सुनसरीका प्रहरी नायव उपरीक्षक नविनकृष्ण भण्डारीले जानकारी दिनुभयो । स्थानीय सिताराम यादवले आफ्नै छोरा राम […]
देवानगञ्ज । सुनसरीको सिमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिकाबाट तिर्थ यात्रा को लागि भारतको अयोध्या, नैमिषारण्य, वृंदावन, चित्रकुट, मथुरा, वनारश, गोकुल र वैजनाथ धाम जान लागेका तिर्थ यात्रीहरूलाई वडा अध्यक्ष हरिनन्दन मेहताले शुभकामनाका साथै सम्मान गर्नुभएको छ । वडा अध्यक्ष मेहताले तिर्थ यात्रीहरुलाई सोमवार देवानगञ्ज गाउँपालिका वडा नं. ६ स्थित रहेको ठाकुरवारी चौकबाट तिर्थ यात्रीहरूलाई शुभकामना दिई […]
हरिनगर । नेपाली हिन्दू महिलाहरूको महान् चाड हरितालिका तीजको रौनक नेपालका के सहर के गाउँ, जताततै फैलिइसकेको छ । यो पर्वमा महिलाहरू आफ्नो स्वास्थ्य र श्रीमानको दीर्घायु कामना गर्दै व्रत बस्छन् । यद्यपि समयसँगै हाम्रो संस्कार र संस्कृतिमा निकै परिवर्तन आएको छ जुन कुरो हाम्रा पर्वहरूमा सहजै दृष्टिगोचर हुन्छन् । हिजोआज तीज भड्किलो हुँदै छ […]
इनरुवा । मुस्लिम इत्तेहाद सङ्गठन सुनसरीको चौथो जिल्ला अधिवेशनले तुफेल अहमद अन्सारीलाई सर्वसम्मति गरी अध्यक्षमा निर्वाचित गरेको छ । सुनसरी इत्तेहादकाे उपाध्यक्षमा माे. एजाजुल (गढी), सचिवमा आकिब हुसेन (इटहरी), उपसचिव द्वयमा सफालुद्दिन मिया(भाेक्राहा) र मुस्ताक आलम(दुहबी)लाई निर्वाचित गरेको छ । अधिवेशनले २५ जना सदस्यसमेत निर्वाचित गरेको सङ्गठन सुनसरी जिल्ला इन्चार्ज अफाक अहमदले जनकारी दिए । […]
हरिनगर । सुनसरीको धरान उप महानगरपालिकाबाट चोरीको नगद सहित एक जना पक्राउ परेको छ । हार्डवेयर पसलमा काम गर्ने मोरङको रंगेली नगरपालिका वडा नं. ५ घर भएका २२ बर्षको दिपक कुमार ऋषिदेवलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । शनिबारका बेलुका धरान उप महानगरपालिका वडा नं. १ पृथ्बीमार्ग स्थित अनुप कुमार […]
बाजुरा । सुदूरपश्चिम प्रदेशकै धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रसिद्ध बाजुराको बडिमालिकामा आज (आइतबार) मेला लाग्दैछ । हरेक बर्षको भाद्र शुक्ल चतुर्दशी जनैपूर्णिमाको अघिल्लो दिन शक्तिपिठ बडिमालिकामा मुख्य पूजा गर्ने गरिन्छ । बडिमालिकामाईको पूजाका लागि बाजुरासहित डोटी र जुम्लाबाट सरकारी टोली बडिमालिका पुगिसकेको छ । बाजुराका चार शक्तिपीठ बडिमालिका, बूढीनन्दा, बडालेक र सुनन्दामा साउन पूर्णिमाको अघिल्लो दिन […]