हरिनगर । भारतको जम्मु-कश्मिरमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ३९ जना पुगेको छ। बुधबार किस्तवाडबाट जम्मु जाँदै गरेको बस डोडा जिल्लाको अस्सार क्षेत्रमा सडकबाट ४ सय मिटर तल खसेर दुर्घटना भएको थियो। बिबिसी हिन्दीका अनुसार दुर्घटनामा परी चालकसहित ३९ जनाको मृत्यु भएको हो। दोडा–बटोटे राष्ट्रिय राजमार्गको राजगढबाट करिब ४ किलोमिटर अगाडि बस सडकबाट चिप्लिएर […]
काठमाडौं । जाजरकोटमा गएको भूकम्पको क्षतिप्रति भारती प्रधानमन्त्री नरेन्द्र मोदीले दु:ख व्यक्त गरेका छन् । उनले भारत नेपाली जनताको दु:खको बेला साथमा रहेको बताउँदै हरसम्भव सहयोग गर्ने तयार रहेको बताएका छन् । प्रधानमन्त्री मोदीले मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् । जाजरकोटकोको बारेकोट केन्द्रविन्दु भएर शुक्रबार राति ६.४ म्याग्निच्युडको भूकम्प […]
काठमाडौं । कट्टरपन्थी समूह हमासले थप दुई बन्धकलाई रिहा गरेको छ । दुबै इजरायली नागरिक हुन् । रिहा भएका दुबै वृद्ध महिला ७९ वर्षकी नुरित कपुर र ८५ वर्षकी योचेवेद लिफशिट्जलाई उपचारका लाति तेल अविव ल्याइएको छ । बीबीसीका अनुसार हमासले मानवीय र स्वास्थ्यका कारण उनीहरुलाई रिहा गरिएको बताएको छ । इजरायलले बन्धकहरुको रिहाइका लागि […]
काठमाडौं । इजरायल र प्यालेस्टाइनी चरमपन्थी समूह हमासबीच लडाइँ जारी छ । यो लडाइँमा हालसम्म दुवैतर्फ गरी ४ हजार ५०० जना मारिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् । यसबीचमा इजरायली सेनाले मंगलबार राति अबेर गाजाको एक अस्पतालमा आक्रमण गरेको दाबी गरेको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भने इजरायली सेनाले नभई हमासले नै अस्पतालमा आक्रमण […]
हरिनगर । भारतको मणिपुर राज्यमा पुनः हिंसा भड्किएको छ । गत जुलाई महिनादेखि बेपत्ता दुई जना छात्राको मृत्यु भएको पुष्टि भएपछि मणिपुरको राजधानी इम्फालमा बुधवार रातिदेखि फेरि विरोध प्रदर्शन, तोडफोड र आगजनी भएको छ । आक्रोशित भीडले इम्फालका एक नेताको घरमा तोडफोडको कोसिस गरेको, प्रहरीको गाडी चलाएको र एक प्रहरीलाई कुटपिट गर्दै हतियार खोसेको मणिपुर […]
पेरिस । फ्रान्सले गत जुलाईमा सैन्य ‘कु’ भएको अफ्रिकी देश निजेरबाट आफ्ना राजदूत र सैन्य टुकडीलाई फिर्ता गर्ने भएको छ । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले एक टेलिभिजन कार्यक्रममा निजेरबाट राजदूत फिर्ता गर्ने निर्णय गरेको बताएका हुन् । ‘आगामी केही घण्टामा हाम्रा राजदूत र अन्य कूटनीतिज्ञ फिर्ता आउनेछन्,’ उनले भने । उनले निजेरसँग सैन्य सहकार्य सकिएको पनि बताए । निजेरमा […]
जोगबनी । केन्द्रीय गृहमन्त्री अमित शाहले शनिबार घोषणा गरे कि केन्द्र सरकारले भारत र नेपाल बीचको द्विपक्षीय व्यापार सुधार गर्न अन्तर्राष्ट्रिय सीमामा बिहारमा भूमि भन्सार स्टेशन (एलसीएस) स्थापना गर्न १० स्थानहरू पहिचान गरेको छ। एलसीएस दुई छिमेकी देशहरू बीच यात्रा गर्ने सामान र यात्रुहरूको लागि ट्रान्जिट, भन्सार, अध्यागमन र कार्गो ह्यान्डलिंग सेवाहरू प्रदान गर्ने सुविधा […]
एजेन्सी । चार वर्पपछि रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किम जोन उन आमनेसामने भए । पुटिन र किम दुबैले अन्तरिक्ष केन्द्र नियाले । नियाल्ने काम सकेपछि दुवैले रेड वाइन चियर्स गरे । यस्तो लाग्थ्यो की दुबै मुलुक अन्तर्राष्ट्रिय दायराबाट एक्लिँदा पनि उत्सव मनाइरहेछन् । यी दुई शासकको भेट अझै सकिएको छैन । […]
संयुक्त राष्ट्रसङ्घको आह्वानमा लिबियामा तैनाथ सबै नेपाली शान्ति सैनिक सुरक्षित रहेका छन् । पूर्वी लिबियामा डानिएल आँधीका कारण आएको विनाशकारी बाढीमा परी पाँच हजारभन्दा बढी मानिसको मृत्यु भएको अनुमान गरिएको छ । घटनास्थलबाट नेपाली शान्ति सैनिकको गार्ड युनिटको शिविर करिब एक सय १३ किलोमिटरको दूरीमा रहेकाले कुनै क्षति नभएको र सबै सुरक्षित रहेको सैनिक प्रवक्ता […]
काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनविरुद्ध भ्रष्टाचारको आरोपमा महाअभियोग लगाउन अमेरिकी प्रतिनिधि सभाका सभामुख केभिन म्याकार्थीले आह्वान गरेका छन् । मंगलबार प्रतिनिधिसभाको समितिमा सभामुख म्याकार्थीले महाभियोगका लागि औपचारिक अनुसन्धान अगाडि बढाउन आह्वान गरेका हुन् । बाइडेन परिवारको विदेशी व्यापारमा सम्झौतामा संलग्नता रहेको आरोप लागेको भए पनि अहिलेसम्म उनको छोराहरुले प्रत्यक्ष लाभ लिएको आरोप प्रमाणित गर्न […]