सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले पुनः तेस्रोपटक विश्वासको मत पाएका छन् ।
शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्मालाई ३९ सदस्यमध्ये तीन दलका २९ सांसदले पक्षमा मत दिए भने विपक्षमा १० मत परेको थियो ।
मुख्यमन्त्री शर्मालाई नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सांसदले मत दिएका हुन् ।
विपक्षमा नेकपा एमालेका ९ र राप्रपाका एकजना सहित १० सांसदले मत खसाले । शर्मा पुस २७ गते नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र राप्रपाको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।