देवानगञ्ज । लोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्ने भन्दै उनले शान्तिपूर्णरुपमा उठाइएका विषयलाई सरकारले झन् महत्वका साथ सुन्नुपर्ने बताएका छन् ।
महामन्त्री थापाले अभियन्ताहरुले उठाएका विषयमा महानगरपालिकाले संवादको वातावरणमार्फत् टुंगोमा पुर्याउनुपर्ने बताएका छन् ।
ुलोकतन्त्रमा आन्दोलनरत सबैका आवाज सुन्नुपर्छ, शान्तिपूर्ण रूपमा उठाइएका विषयलाई त अझ महत्वका साथ सुन्नुपर्छ। ईस् लगायत साथीहरूले उठाएको मूलतः फुटपाथ व्यवसायीको विस्थापन होइन, उचित व्यवस्थापन हुनुपर्छ भन्ने मागका विषयमा सहरको अन्य आवागमनलाई असर नपर्ने गरी व्यवस्थापन गर्न सकिने ठाउँहरू छन्,ु थापाले आइतबार सामाजिक सञ्जालमार्फत् भनेका छन्, ुयसबारे सँगै बसेर कुरा गरेपछि, एक अर्काको मत, दृष्टिकोण सुनेपछि, बुझेपछि एउटा उपाय निस्कन्छ नै। त्यस कारण मेरो आग्रह छ(निर्वाचित सरकारसंग जबाफदेहिता खोजिरहनुभएका अभियन्ता साथीहरू र महानगर बीच शीघ्र संवादको वातावरण बनोस्।ु