०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा, भारतसँग उपाधि भिडन्त

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, भाद्र २९, २०८०

काठमाडौं । पाकिस्तानलाई पराजित गर्दै श्रीलंका एसिया कप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । सुपर फोर अन्तर्गत गएराति भएको खेलमा श्रीलंकाले पाकिस्तानमाथि डिएलएस मेथडमा २ विकेटको रोमाञ्चक जित हात पारेको हो ।

यस जितपछि श्रीलंकाले फाइनलमा भारतसँग भेट पक्का गरेको छ । भारत यसअघि नै लगातार दुई खेल जित्दै फाइनल पुगिसकेको छ । पाकिस्तान भने दोस्रो हारपछि सुपर फोरबाट बाहिरिएको छ ।

कोलम्बोस्थित आर प्रेमादाशा क्रिकेट रंगशालामा ४२ ओभरमा छोट्याइएको खेलमा पाकिस्तानले दिएको २५२ रनको लक्ष्य श्रीलंकाले ८ विकेट गुमाएर अन्तिम बलमा पूरा गर्यो ।

श्रीलंकाका लागि कुशल मेन्डिसले ८७ बलमा ८ चौका र १ छक्कासहित सर्वाधिक ९१ रन बनाए । चरिथ असलंकाले ४७ बलमा ३ चौका र १ छक्काको मद्दतमा नटआउट ४९ रन बनाए । यस्तै सदिरा समाराविक्रमाले ४८, पाथुम निसंका २९ र कुशल परेराले १७ रनमा बनाए ।

पाकिस्तानका इफ्तिखर अहमदले ३, शाहिन शाह अफ्रिदीले २ र शादब खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ४२ ओभरमा ७ विकेट गुमाएर २५२ रन बनाएको थियो । वर्षाका कारण प्रभावित खेल ४२ ओभरमा घटाइएको थियो ।

पाकिस्तानका लागि मोहम्मद रिजवानले ७३ बलमा ६ चौका र २ छक्काको मद्दतमा नटआउट ८६ रन बनाए । यसैगरी अब्दुल्लाह शफिकले ५२, इफ्तिखर अहमदले ४७, कप्तान बाबर आजमले २९ रन बनाए ।

श्रीलंकाका लागि मथिशा पथिरानाले ३, प्रमोद मदुशनले २ तथा महेश थिक्क्षना र दुनीथ वेलालगेले १(१ विकेट लिए ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटमा आज नेपालले हङकङसँग खेल्दैछ । ओमानको अल अमिरातमा हुने खेल बिहान पौने १२ बजे शुरु हुनेछ । दुई खेलमा दुवै खेल जितेको नेपाल अङ्क तालिकाको शीर्ष स्थानमा छ । दुईमध्ये एक खेल जितेको हङकङ चौथो नम्बरमा छ । एसीसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा छ । यो समूहमा […]

इटहरि । सुनसरीको इटहरिमा जारि १४ औ कोशि प्रदेश स्तरिय अन्तर जिल्ला रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको छ । तिन दिन सम्म संचालित खेल मा विभिन्न बिधामा बिभिन्न जिल्ला बाट उपस्थित खेलाडिहरु ले आफ्नो उत्कृष्ट खेल प्रदर्शन गर्दै पुरस्कार जित्न सफल भएका छन् । क्रमशः बिधालय, स्थानिय पालिका, जिल्ला हुदै प्रादेशिक प्रतिस्पर्धा […]

आइसिसी यू-१९ विश्वकपअन्तर्गत सुपर-६ को खेलमा नेपालले बंगलादेशलाई १७० रनको लक्ष्य दिएको छ। दक्षिण अफ्रिकाको माङगाउन ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपाल ४९.५ ओभरमा १६९ रनमा अलआउट भयो। बंगलादेशविरूद्ध नेपालका मध्यक्रमका ब्याटर विशालविक्रम केसी अर्धशतक बनाउन चुके।  ४८ रन बनाएर आठौं विकेटको रुपमा आउट भएका विशालले १०० बल खेल्दा ६ चौका प्रहार गरे। खराब सुरूवात […]