३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

देवानगञ्जको एक सहकारी ३६ लाख घाटामा, बचत कर्तालाई बचत गरेको रकम डुब्ने चिन्ता

Logo
जुगेस दास प्रकाशित आइतबार, पुष २८, २०८१

ब्रहमदेव मेहता

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नं. १ मध्यहर्षाहीमा रहेको साना किसान कृषि सहकारी संस्था ३६ लाख घाटामामा पुगेको छ। संस्थाले आर्थिक वर्ष २०८०/८१ मा ३६ लाख घाटा व्यहोरी रहेको लेखा प्रतीवेदनले देखाएको छ।

संस्थाले पुष २७ गते सम्पन्न गरेको साधारण सभामा सार्वजनिक गरेको लेखा प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षमा २२ लाख घाटामा सञ्चालन रहेकोमा आर्थिक वर्ष २०८०/८१ मा थप १४ लाख घाटा थपिँदै कुल ३६ लाख घाटामा पुगेको हो।

चौतर्फी रुपमा आर्थिक पारदर्शितामाथि प्रश्न उठ्न थालेपछि शेयर धनिहरुलाई बचत गरेको रकम डुब्छ की भन्ने चिन्ताले सताउन थालेका छन् । शेयरधनीहरूले आफ्नो लगानीको सुरक्षा र संस्थाको भविष्यबारे गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनीहरूले सहकारीको व्यवस्थापन, ऋण असुली प्रक्रिया, र आर्थिक गतिविधिको छानबिन गरी वास्तविक्ता सार्वजनिक गर्न माग गरेका छन्।

एक बचत कर्ताले नाम न खुलाउने शर्तमा भने “म लगभग ६ बर्ष देखि दैनिक रुपमा बचत गर्दै छु, तर हरेक वर्षको साधारण सभामा संस्था घाटामानै गई रहेको सुन्दा बचत गरेको रकम डुब्ने चिन्ता ले सताउने गरेको छ। बचत निकाल्न जाँदा विभिन्न बहना हेराउने गरेको बताए।

यसै बिषयमा संस्थाका अध्यक्ष सुरेन्द्र प्रसाद यादव संग कुराकानी गर्दा “उनले भने २४ जना ऋणीले ४९ लाख ६८ हजार रुपैयाँ सावा तथा ब्याज समयमा चुक्ता नगरेको कारण घाटा देखिएको हो।” संस्थाले ६८ लाख ३३ हजार रुपैयाँ ऋण लगानी गरेपनि समयमै ऋण असुल गर्न नसक्दा झनै घाटामा पुगेको बताए । १० वर्षसम्म भाखा नाघेको ऋणमा पनि असुली हुन नसकेकोले संस्थाले  बाध्य भएर पत्रिकामा  सूचना प्रकाशन गर्दै लिलामी प्रकृया सुरु गरिसकेको यादवको दावी छ।

यता स्थानीय तह र सहकारी निरीक्षण तथा नियामक निकायले संस्थाको आर्थिक कारोवार तथा व्यवस्थापन प्रणालीमाथि गहिरो छानबिन गर्नु पर्ने देखिन्छ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]