हरिनगर। सुनसरी स्थित हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा बजारमा घर भएका रविन्द्र साहको श्रीमती सितादेवी साह “स्तन क्यान्सर” का कारण अहिले भरतपुर क्यान्सर अस्पतालमा उपचाररत छिन्।
विगत छ महिनादेखि चेकजाँच गराउँदै उपचार गराउँदै आई रहेकी थिइन् तर अहिले आएर अपरेसन गराउनु पर्ने भएको छ। तर उहाँको आर्थिक अवस्था निकै कमजोर भएकोले सहयोगको लागि आग्रह गरेको छ।
हरिनगर गाउँपालिका वडा नम्बर -४, हरिनगरा बजारमा बस्दै आईरहेकी सिता देवी साह लामो समयदेखि स्तन क्यानसरका कारण अहिले जीवन र मृत्युको दोसाँधमा छिन्।
भरतपुरस्थित बी.पी. कोइराला मेमोरियल क्यानसर अस्पताल भरतपुरमा उपचार गराइरहेकी उनलाई चिकित्सकहरूले अब सर्जरीको आवश्यकता रहेको बताएका छन्। तर, आर्थिक अभावका कारण उनको उपचार प्रकृया अगाडि बढ्न सकेको छैन।
सीता देवीको अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएको छ। आर्थिक अवस्था कमजोर भएका कारण उनीहरूको जीवन अस्तव्यस्त बनेको छ। उनका श्रीमान रविन साह आफ्नो तीन सन्तानहरूको पालनपोषण र श्रीमतीको उपचारको बोझ थेग्न हम्मे हम्मे परेको छ। परिवारमा दुई छोरीहरू एउटा १४ वर्ष र अर्को १२ वर्ष की छिन् साथै ९ वर्षको एउटा छोरा रहेका छन्।
सर्जरी तथा थप उपचारका लागि ठूलो रकमको आवश्यकता पर्ने भएको छ।तर आर्थिक अभावले गर्दा सीता देवीको उपचार मा कठिनाई भएको छ। यसले उनको स्वास्थ्यमा थप जटिलता निम्त्याउने जोखिम बढेको छ।
उहाँको परिवारका सदस्य तथा स्थानिय समाजसेवीहरुले आर्थिक सहयोगको लागि अपिल गरेको छ।
सहयोग गर्न चाहनेले तल दिएको उहाँकै देवरको खातामा सहयोग रकम पठाउन सक्नु हुने छ।