०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

तपाईको दैनिक राशिफल

Logo
नमो अनलाईन प्रकाशित बिहिबार, बैशाख २०, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ बैशाख २० गते बिहीबार ई.सं.२०२४ मे ०२ नेपाल सम्बत ११४४ चौलागा अष्टमी, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण नवमी, चन्द्रमा मकर राशिमा, धनिष्ठा नक्षत्र, शक्ल योग, तैतल करण । आज नेपालमा सूर्योदय बिहान ०५:२३ बजे भयो भने सूर्यास्त साँझ ०६:३८ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन अलिक चुनौतीयुक्त छ । अलिक द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउला । सहयोगी वा हितैषीजनले नै तपाईंको कमजोरीप्रति टिप्पणी गर्न सक्छन्, सचेत रहनुहोस् । काममा केही प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ । शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला । व्यापार तथा उद्योगतर्फ फाइदाको योग छ । रोकिएको काममा सफलता मिल्नेछ । मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): दिन शुभदायी छ । आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी होला । व्यापार-व्यवसायमा राम्रै फाइदा हुने योग छ । भूमि तथा मातृधनबाट लाभ मिल्नेछ । विगतका कमजोरीलाई सुधार गर्ने मौका मिल्ला । प्रयत्न गर्दा महत्वाकांक्षी योजना फलीभूत होलान् । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । बौद्धिक र रचनात्मक काममा सफलता मिल्ला । पारिवारिक समस्याको समाधान प्राप्त हुनेछ । परिवारिक सुख र उत्साह बढ्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ । रोकिएका काम सम्पादन हुनेछन् । नयाँ काम र जिम्मेवारी हात पार्ने मौका मिल्ला । परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ । पशुपालन तथा कृषि क्षेत्रबाट चाहिँ सामान्यमात्र लाभ मिल्नेछ । बौद्धिकता र रचनात्मकता बढ्नेछ । आरोग्यता रहनेछ । ऋण रोग र शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन बाध्यतापूर्ण काममै बित्न सक्छ । सहयोगको आशा देखाउनेहरूबाटै धोका पाइएला । स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला, तर जिम्मेवारी भने बढिरहने छ । लेनदेनमा विवाद आउने योग रहेकोले सहयोगको तत्परता देखाउनेहरूबाट सजग रहनुहोला । यसका बाबजुद आम्दानी बढ्ने र फाइदा उठाउने समय छ । साथीभाइको सहयोग प्राप्त हुनेछ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): काममा लगानीको समय छ । प्रयास गर्दा रोकिएका बन्नेछन् भने नयाँ काम पाइने योग छ । केही मात्रामा खर्च बढ्ला । अरूको भर पर्दा धोकामा परिने समय छ, सचेत रहनुहोला । सार्वजनिक कार्यक्रममा आकर्षण बढ्नेछ । यात्राको योग छ । बौद्धिक, रचनात्मक र कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): आजको दिन आम्दानी राम्रै होला तर परिवारजनको भरणपोषणमा खर्च बढ्नेछ । उत्साहमा कमी आउला । आफन्तजनको सहयोगले काम बन्नेछन् र विशेष लाभ उठाउन सकिनेछ । दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । आतिथ्यपूर्ण सम्मान पाइएला । साथीभाइको सहयोग प्राप्त गर्नुहुनेछ । समस्याको समाधान मिल्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): अरूका काममा महत्वपूर्ण समय बित्न सक्छ । व्यावसायिक काममा खर्च बढ्नेछ । समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला । सेवामूलक कामबाट प्रतिष्ठा मिल्ने दिन छ । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । विलासी काममा आकर्षण बढ्नेछ । कार्य व्यपारमा सफलता प्राप्त होला ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): स्वास्थ्यमा कमजोरीका बाबजुद परिश्रम धेरै गर्नुपर्ने समय छ । तथापि काममा सफलता मिल्नेछ । अप्रिय समाचारले खिन्नता बढ्न सक्छ । पढाइलेखाइमा पनि ध्यान दिन नसकिएला । व्यापार व्यवसायमा समेत त्यत्ति फाइदा नहोला । आरोग्यता र सुख वृद्धि हुनेछ । धर्मकर्ममा आकर्षण बढ्नेछ । साझेदारीको काममा सफलता प्राप्त हुनेछ । मिठो भोजन प्राप्त गर्नुहुनेछ । प्रेमभाव बढ्नेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): विभिन्न अवसर पाइने समय छ । तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ । काममा केही चुनौती देखिए पनि समयको सदुपयोग हुनेछ । धेरैले सहयोगको तत्परता देखाउनेछन् । नसोचेको फाइदा उठाउन सकिने दिन छ । आरोग्य वृद्धि हुनेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण बढ्नेछ । शत्रुपक्ष परास्त हुनेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): धैर्यले काम लिने समय छ । चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ । छरछिमेकमा भने केही असमझदारी बढ्ने योग छ । प्रतिस्पर्धाबाट फाइदा उठाउन सकिनेछ । सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन् । परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीयभाव बढ्नेछ । व्यस्तता वृद्धि हुनेछ । परिवारिक सुख बढ्नेछ । सन्तान पक्षबाट सुख प्राप्त हुनेछ । नियमकानूनले साथ दिनेछ ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): दिन मनोरञ्जनपूर्ण रहनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्ला । व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ । व्यावसायिक यात्राको सम्भावना छ । स्थानान्तरण या टाढाको यात्राको योग छ । समय उत्साहवर्द्धक रहला । आरोग्यता र आयबल बढ्नेछ । काममा सफलता मिल्नेछ । कुनै पनि प्रकारको शारीरिक र आर्थिक विकाससित सम्बन्धित कार्यमा सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): कर्मबल बढ्नेछ । सामाजिक कामको दायित्व बढ्ला । श्रमको उचित मूल्यांकन होला । अरूका जिम्मेवारी समेत वहन गर्नुपर्ला । प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन्, सचेत रहनुहोला । सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ । आफन्तको साथ कमै मिल्नेछ । साझेदारीको काम बन्नेछ । मिठो भोजन प्राप्त हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]