०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

आज वैशाख १४ गते शुक्रबारको राशिफल

Logo
नमो अनलाईन प्रकाशित शुक्रबार, बैशाख १४, २०८१

तस्विर : नमो अनलाईन

आज मिति वि.सं.२०८१ वैशाख १४ गते शुक्रबार ई.सं.२०२४ अप्रिल २६ नेपाल सम्बत ११४४ चौलागा द्धितीया, पिङगल नाम संवत्सर सूर्य उत्तरायणं शिशिर ऋतु, बैशाख कृष्ण द्धितीया, चन्द्रमा वृश्चिक राशिमा, अनुराधा नक्षत्र, वरियान योग, गर करण । आज नेपालमा सूर्योदय बिहान ०५:२८ बजे भयो भने सूर्यास्त साँझ ०६:३४ बजे हुनेछ ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): आजको दिन केही चुनौतीपूर्ण महसूस हुनेछ । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि चिसोपन पैदा हुने योग छ । तथापि, खर्च लागे पनि दिगो फाइदा हुने काममा लगानी गर्ने अवसर जुट्न सक्छ । शत्रुपक्ष परास्त हुनेछ । मिठो भोजन र मित्रजनको सहयोग प्राप्त हुनेछ ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् । विशेष सभा–समारोहमा भाग लिने अवसर जुर्ला । नयाँ कामको सुरुवात भने आज खासै राम्रो छैन । काममा हैरानी बढ्न सक्छ । आरोग्यता रहनेछ । यात्रापरक काम बन्नेछ ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): व्यस्तता बढ्ने दिन छ । सानातिना समस्या आइरहे पनि दिन मनोरञ्जनपूर्ण रहला । पढाइलेखाइमा पनि प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ । प्रेम र मित्रताको बन्धन कसिएर जाला । पराक्रम, बौद्धिकता र रचनात्मकता बढ्नेछ । समस्याको समाधान प्राप्त हुनेछ । शत्रुमाथि विजय प्राप्त हुनेछ ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): आजको दिन सरसफाइ, वागबगैंचासम्बन्धी काममा आकर्षित होइएला । स्वादिष्ट भोजनको आनन्द मिल्नेछ । परिवारजनसँग आत्मीयता बढ्नेछ । आय वृद्धि हुनेछ । मनोकूलको काम बन्ने समय छ । रसरागमा आकर्षण बढ्नेछ ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): विरोधिपक्ष सक्रिय रहन सक्ने समय भएकोले एकदमै सावधान रहनुहोला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ । कृषि तथा पशुपालनले सन्तोष नदिएपनि व्यापारमा राम्रै फाइदा हुने योग छ । कलात्मक काममा सफलता मिल्नेछ ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): लगनशीलताले राम्रै उपलब्धि दिलाउने दिन छ । प्रतिभा देखाएर अवसर हातपार्न सकिनेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ । चुनौतीहरू पन्छिनेछन् भने रोकिएका काम बनाउन सकिनेछ । धैर्यले काम लिनु हितकर होला । सन्तानपक्षबाट सुख प्राप्त हुनेछ । समस्याको समाधान मिल्नेछ । कार्यगति बढ्नेछ ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): लगानी वृद्धि हुनेछ सोअनुसार उन्नति पदोन्नति हुने समय छ । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । श्रमको उचित मूल्यांकन हुनेछ । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाइएला । विलासी काममा आकर्षण बढ्नेछ ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): यशवर्चश्व वृद्धि हुनेछ । व्यवसायका लागि यात्रा हुने सम्भावना छ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ । धन आर्जनको योग छ । दाम्पत्य जीवन सुखद रहला । धार्मिक कर्ममा आकर्षण बढ्नेछ । आरोग्यता रहनेछ । सुख–सुविधाको वस्तु खरिदमा खर्च हुन सक्छ । शत्रुलाई परास्त गर्ने क्षमता वृद्धि हुनेछ ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । आजको दिन स्वास्थ्यप्रति विशेष ध्यान राख्नु हितकर हुनेछ । खेलकुद एवम् भ्रमणजस्ता कार्यमा आकर्षण बढ्नेछ । बौद्धिक र रचनात्मक काम बन्नेछ । गीतसंगीत र रसरागात्मक काममा आकर्षण रहला । प्रेमभाव बढ्नेछ ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): भाग्यबल बढ्नेछ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ । आरोग्यता रहनेछ । कर्मबलको साथै व्यस्तता वृद्धि हुनेछ । नियमकानूनले साथ दिनेछ । दायित्वm पूरा गर्नुहुनेछ । यात्रा सफल होला ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योगसमेत देखिन्छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ । पढाइमा प्रगति होला । बढी मिहिनेतले काममा सफलता प्राप्त हुनेछ । आरोग्यता रहनेछ । मिठो भोजन प्राप्त हुनेछ । आर्थिक विकाससित सम्बन्धित कार्यमा विशेष सफलता मिल्नेछ ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): विभिन्न अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला । चिताएको काम बन्ने देखिन्छ । गुरुजनको विशेष सहयोग जुट्नेछ । दाम्पत्यसुख र आरोग्यता बढ्नेछ । रोकिएको काम बन्नेछ । सुख सुविधाको वस्तु बढ्नेछन् । मिठो भोजन प्राप्त हुनेछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]