१८ पुष २०८१, बिहिबार
02-01-2025 , Thu
×

त्रिविमा रेक्टर र रजिस्ट्रार धानमन्त्री प्रचण्ड नियुक्त

Logo
नमो संवाददाता प्रकाशित शनिबार, बैशाख ०१, २०८१

तस्विर : फाईल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रेक्टर र रजिस्ट्रार नियुक्त गरेका छन् । त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा प्रधानमन्त्रीले शुक्रबार रजिस्ट्रारमा प्रा.डा. केदार रिजाल र रेक्टरमा प्रा.डा. खड्क केसी नियुक्त गरेका हुन् ।

बरालका अनुसार त्रिवि ऐनअनुसार रेक्टर र रजिस्ट्रार पदमा उपकुलपतिले सिफारिस गर्ने व्यवस्था छ । सोहीअनुसार प्रधानमन्त्रीले नियुक्ति गरेका हुन् । रजिस्ट्रारमा नियुक्त भएका रिजाल वातावरण विज्ञान विभागका प्राध्यापक हुन् । केसी त्रिविको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीतिक विभागमा कार्यरत छन् । दुवैजना विषयगत हिसाबले पोख्त भएकाले काम गर्न सहज हुने उपकुलपति बरालको भनाइ छ ।

गत ६ चैतमा सूचना जारी गर्दै त्रिविले रजिस्ट्रार र रेक्टरका लागि आवेदन खुला गरेको थियो । सोही आधारमा छनोट गरेर सिफारिस गरिएको थियो । आफूले सिफारिस गरेको व्यक्ति नै नियुक्त भएकाले काम गर्न सहज हुने उपकुलपति प्रा.डा. बरालले बताए । उनका अनुसार टिमले पूर्णता पाएसँगै अब त्रिविका कामकाज सहज हुनेछन् । तर, विद्यार्थी नेता र प्राध्यापकबाट हुने अवरोध भने चुनौतीका रूपमा रहेको उनले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

वीरगन्ज । अत्यधिक गर्मीका कारण वीरगन्ज महानगरभित्रका विद्यालयको पठनपाठन तीन दिन बन्द हुने भएको छ। वीरगन्जआसपास क्षेत्रको तापक्रम बढेर बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित भएसँगै जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य बन्द गर्न लागिएको हो। वीरगन्ज महानगरपालिका शैक्षिक प्रशासन महाशाखा प्रमुख अरविन्दलाल कर्णले अत्यधिक गर्मीको कारणले पठनपाठनमा असहज भएको भन्दै […]

बाणगंगा । कपिलवस्तु शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा अर्को एक्सनमा उत्रिएका छन् । नगरभित्रका विद्यालयमा अध्यापन गराउने शिक्षक कुनै राजनीतिक दलको सदस्य भएको भए ५ दिन भित्र राजीनामा दिन निर्देशन दिएका नगर प्रमुख थापाले नीजि विद्यालयको मासिक शुल्क नगरले तोक्ने बताइसकेका छन् । साथै एकपटक भर्ना भएर अध्ययन गरिरहेको विद्यार्थीलाई पटक-पटक भर्नाको नाममा शुल्क […]

काठमाडौं । कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ सुरु हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिएका छन् । उनले सबै विद्यार्थीहरुलाई निर्धक्क भएर परीक्षामा सहभागी हुन आग्रह गरेका छन् । उनका […]