तिमीमाथि ठुलो भार छ
तिमीसँग दुख अपार छ
तर जेसुकै होस ;
तिमी चै हाँस्न नछोड है !
तिमीलाई रुवाउन खोज्ने हजार छन्
तिम्रो खुसि देख्ने एक आध छन्
तर जेसुकै होस ;
तिमी चै हाँस्न नछोड है !!
तिमीलाई लडाउन चाहनेको संसार छ
तिमीलाई डुबाउन खोज्नेको व्यापार छ
तर जेसुकै होस ;
तिमी चै मुस्कुराउन नछोड है !
तिमीलाई माया गर्ने केवल तिमी हौं
तिमीलाई घृणा गर्ने तिमी बाहेक सब छन्
तर जेसुकै होस ;
तिमी चै मुस्कुराउन नबिर्स है !!
तिम्रो कुरा सुन्ने तिमी मात्र छौ
अरुको कुरा सुनी मात्र रहने तिमी एक पात्र हौ
तर जेसुकै होस ;
तिमी चै हाँस्न नछोड है !!
Writer :
Name :- Dipendra Yadav
Inaruwa -02 , Sunsari
Studied at Mahendra Morang Adarsha Multiple Campus ( BBA )