हरिनगर । हरिनगर गाउँपालिकाका विद्यालयहरुमा अध्ययनरत कक्षा ८ का विद्यार्थीहरुको बोर्ड परीक्षा आउँदो चैत्र १ गते देखि हुने भएको छ ।
नेपाल सरकारले कक्षा ८ को बोर्ड परीक्षा लिने र नतीजा निकाल्ने अधिकार स्थानीय सरकारलाई दिए पछि कक्षा ८ को बोर्ड परीक्षा हुन लागेको हो ।
शिक्षा युवा तथा खेलकुद शाखा हरिनगरका प्रमुख बाबा ठाकुर रिजाल अधिकारीको अध्यक्षतामा बसेको सरोकारवालहरुको बैठकमा सोको जानकारी दिइएको हो ।
शिक्षा युवा तथा खेलकुद शाखाका अजित कुमार मल्लिकले बताए अनुसार हरिनगर गाउँपालिका अन्र्तगतका १७ वटा सामुदायिक तथा निजी विद्यालयका करिब ८सय ५० जना विद्यार्थीहरुले परीक्षामा सम्मिलित हुने छन् ।
श्री बालकृष्ण मा.वि. रामनगर भुटाहा , श्री जनता मा.वि. गौतमपुर र श्री मा.वि. बसन्तपुरलाई परीक्षा केन्द्र तोकिएको छ भने प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष , सहायक केन्द्राध्यक्ष , निरीक्षक तथा सहयोगीको व्यवस्था गरिएको बताइएको छ ।
इलाका प्रहरी कार्यालय हरिनगरले अनुगमन गर्ने गरी प्रहरी चोकी भुटाहा , गौमपुर र प्रहर बेस क्याम्प बसन्त पुरलाई परीक्षा केन्द्रको सुरक्षा र प्रश्नपत्र समेतको सुरक्षाको जिम्मेवारी दिइएको छ । यसै गरि शिक्षा समिति हरिनगरले परीक्षा शान्त ,सरल र अनुशासित ढंगबाट संचालन गर्नका लागि आचारसंहिता पनि लागु गरिएको छ ।