०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

भि ३० मोडलका नयाँ स्मार्टफोन नेपालमा सार्वजनिक गर्दै भिभो

Logo
नमो संवाददाता प्रकाशित बुधबार, फाल्गुण १६, २०८०

तस्विर : नमो अनलाईन

हरिनगर । भिभोले नेपालमा भि३० मोडलका नयाँ स्मार्टफोन सार्वजनिक गर्न लागेको छ ।

बजारमा रिलिज गर्न लागेको भिभो भि३० ले ग्राउन्डब्रेकिंग टेक्नोलोजीको साथ प्रयोगकर्तालाई फेरी पनि आकर्षित पार्ने भएको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता गरेको छ । भिभोको स्लीक डिजाइन र शक्तिशाली पर्फर्मेन्सको परम्परालाई कायम राख्दै यो रिलिजसँगै भिभोले प्रयोगकर्ताको क्षणहरू कैद गर्न मात्र नभई ती क्षणहरूलाई जीवनभरका लागि जीवन्त राख्ने लक्ष्य राखेको छ ।

भिभो भि३० ले भि सिरिजको सिग्नेचर औरा लाइट र स्लिम डिजाइनलाई समेत जारी राखेको छ । यो स्मार्टफोन भिभोको ५००० एमएएचको विशाल ब्याट्री भएको सबैभन्दा पातलो स्मार्टफोन हो । भि३० ले ड्रप सिमुलेशन र चरम तापक्रम परीक्षणहरू सहित ७० भन्दा बढी कठोर परीक्षणहरू सफलतापूर्वक पार गरेको छ । साथमा थ्रिडी कर्भ स्क्रिनले यसलाई हाइ एन्ड स्मार्टफोन अनुभूति दिनेछ । उत्कृष्ट १२० हर्ट्ज रिफ्रेस रेटको साथमा भि३० ले स्टनिङ भिजुअल प्रदान गर्नेछ ।

नयाँ प्रविधिको साथमा भिभोले प्रयोगकर्ताहरूको आवश्यकताहरू पुरा गर्दै गएको छ । भिभो प्रयोगकर्ताहरूमाझ चर्चित औरा लाइटको साथमा भिभोले उक्त प्रतिबद्धतालाई जारी राखेको छ । भि३०मा रहेको औरा लाइटले सामान्य फ्ल्यास भन्दा ठुलो र नरम फिल लाइट प्रदान गर्नेछ । साथमा यसको पुरानो भर्सनको तुलनामा राम्रो कलर टेम्प्रेचर प्रदान गर्नेछ । भि३०मा रहेको डिस्टान्स सेन्सिटिभ लाइटिङले क्यामेराबाट सब्जेक्टको दूरी अनुसार बुद्धिमानी रूपमा लाइटलाई समायोजन गर्दछ । अपग्रेड गरिएको औरा लाइट पोर्टेट फिचरले आकर्षक पोर्टेटहरु प्रदान गर्नेछ ।

पारिवारिक जमघटहरू र चाडपर्वहरूमा प्राय ग्रुप फोटो नै रुचाउने गरिन्छ । यही मागलार्ई सम्बोधन गर्दै भि३०ले वाइड-एंगल क्यामेरालाई अपग्रेड गरेको छ । भि३०मा रहेको ५० एमपी एएफ अल्ट्रा वाइड-एंगल क्यामेरा फिचरले परिवार र साथीसँगको सुन्दर सम्झनाहरू जीवन्त रूपमा खिच्न मद्दत गर्नेछ ।

प्रभावशाली क्यामेरा बाहेक भि३० मा आकर्षक ८० वाटको फास्ट चार्जिङ पनि उपलब्ध हुनेछ । साथमा यसको ठुलो ब्याट्री क्षमताले प्रयोगकर्तालाई जीवनका सबै क्षणहरू कैद गर्ने क्षमता प्रदान गर्नेछ । भि३० फोन मात्र नभई दैनिक  जीवनको भरपर्दो साथी बन्नेछ ।

भिभो भि३० ले आधिकारिक लन्च हुनु अगावै नै ग्राहकमाझ निकै उत्साह पैदा गरिसकेको छ । भि३० ले फ्ल्यागशिप भि सिरिजमा उत्कृष्ट एडिसन भई स्मार्टफोनको अनुभवलाई पुनः परिभाषित गर्ने अपेक्षा गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी फोन सार्वजनिक हुनेछन् । आईफोनको यो नयाँ लाइनअप एआई, सफ्टवेयर अपडेट, क्यामेरा जस्ता अनेकन् […]

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य […]

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]