१० पुष २०८१, बुधबार
25-12-2024 , Wed
×

इनरुवामा फेला परेको नक्कली नोट बनाउने गिरोहको खोजिमा प्रहरी

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, फाल्गुण ०८, २०८०

तस्विर : नमो अनलाईन

इनरुवा । जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा ४ स्थित सुनसरी खोला नजिक फेला पारेको नेपाली नक्कली नोट बनाउने गिरोहको कनेक्सन खोज्न सुरु गरेको छ ।

सुनसरी खोला स्थित पुर्वपश्चिम राजमार्गमा भारतिय नम्बर प्लेटको सवारीसाधन भित्र बोरामा राखिएको ब्यागमा रहेको १ करोड ८२ लाख ५१ हजार रुपैयाँको नेपाली नक्कली नोटसँग जोडिएको गिरोहको कनेक्सन जरादेखि फेला पार्ने गरि प्रहरीले गम्भीर अनुसन्धान थालेको हो ।

प्रहरी स्रोतले दिएको जानकारी अनुसार नक्कली नोटको धन्दा गर्नेहरू र उनीहरूको कनेक्सनको विषयमा गम्भीर अनुसन्धान सुरु गरेसगै प्रहरीले नेपाली नक्कली नोट बरामद गरेपछि प्रहरीले अनुसन्धानको दायरा फराकिलो बनाएको छ ।

प्रहरीले ठुलो परिणाममा नेपाली नक्कली नोटसहित भारतीय नागरिक र भारतीय नम्बर प्लेटको स्कारपियो नियन्त्रणमा लिएको भए पनि नोट कहाँबाट आयो र कसले ल्यायो भन्ने विषयमा भने खुलेको छैन ।

नक्कली नोट बनाउने गिरोहले मधेस प्रदेशको सप्तरीमा पर्ने कुनौली नाका हुँदै गाडीमा नोट नेपाल ल्याइएको हुनसक्ने सुरक्षा स्रोतको दाबी छ । पक्राउ परेका भारतीय नागरिकले योजनाबद्ध तरिकाबाट नेपाल ल्याएको नोट ल्याउन प्रयोग गरिएको भारतीय गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको भन्सार अनुमति फेला परेकोले थप शंकास्पद देखिएको छ ।

सुनसरीको सीमासँग जोडिएको बीरपुरकै नागरिक पक्राउ पर्नु र बरामद गरिएको भारतीय नम्बर प्लेटको गाडीको सुनसरी भन्सार कार्यालयबाट एक दिनको अनुमति लिएको फेला पर्नुले सुनसरीकै नाकाबाट नोट ल्याएको अनुमान पनि छ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो ।
सुनसरीको भण्टाबारी नाकाबाट मात्रै सवारी साधन आवतजावत हुँदै आएको अवस्था छ ।

भारतमा छपाई गरी विभिन्न सीमा नाका हुँदै सुनसरी जिल्लाको सीमावर्ती क्षेत्रमा स्टक गरेर एकैपटक ठुलो परिमाणमा नोट लगिएको हुनसक्ने अनुसन्धानमा संलग्न सुरक्षाकर्मी बताउँछन् ।

ठुलो परिमाणमा नक्कली नोट बरामद हुनुले बजारमा समेत त्यस्ता नोट पुगिसकेको हुनसक्ने आशंका गरिएको छ । पछिल्लो समय बारम्बार नक्कली नोट बरामद भइरहेको छ । भारतका आधुनिक प्रेसमा छापेरसमेत नेपालमा नक्कली नोटको कारोबार हुने गरेको प्रहरी अनुसन्धानबाट खुल्दै आएको छ ।

प्रहरीले गत असोज महिनामा सुनसरीकै इटहरीबाट १४ लाख रुपैयाँ बराबरको नक्कली नोट बरामद गरेको थियो । २०७९ भदौ २६ गते झापा बिर्तामोड नगरपालिका–३ कञ्चनजंघा टोलबाट यातायात कार्यालय जाने–आउने बाटो छेउमा एक महिला ९ हजार रुपैयाँ बराबरको नक्कली नेपाली रुपैयाँसहित पक्राउ परेकी थिएन् । पक्राउ पर्ने उनी झापा कन्काइ नगरपालिका १ घर रहे पनि बिर्तामोडमा बस्दै आएकी ३० वर्षीया अम्बिका रिमाल हुन् ।

यस्तै प्रहरीले २०७९ असोज २ गते सुनसरीको देवानगञ्ज ४ बाट हरि मेहताले लिएर आएको १ हजार दरका ६ वटा नक्कली नोट पनि बरामद गरेको थियो । प्रहरीले २०८० वैशाख २१ गते १ हजार दरका ६ थान र ५ सय दरका २२ थान नेपाली नक्कली नोट सुनसरीको इटहरीबाट बरामद गरेको थियो । बरामद नोट लिएर आउन सुनसरी गढी गाउँपालिका २ का ३८ वर्षीय महमद जमिल पक्राउ परे ।
यस्तै प्रहरीले २०७९ फागुन २४ गते उदयपुरको कटारी नगरपालिका १२ बाट ५ सय दरको एउटा नक्कली नोटसहित एक जनालाई पक्राउ गरेको थियो ।

विगत दुई वर्षमा भएका यी घटनाहरूले नक्कली नोटको धन्दा लामो समयदेखि चलिरहेको देखाउँछ । विगत वर्षहरूमा पनि नक्कली नोट लिएर आउने बाहकहरू पक्राउ नपरेका होइनन् । तर, अहिलेसम्म नक्कली नोटको संगठित ढंगले कारोबारको धन्दा चलाउने गिरोहको जालो तोड्न भने प्रहरीले सकेको छैन ।

नक्कली नोटमा एनआईसी एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिँ देखिएको छैन,’ उनले भने ।

प्रहरीका अनुसार गत आइतबार सुनसरीको इनरुवामा बरामद भएको नक्कली नोटको परिणाम अहिलेसम्मकै ठुलो हो । यसको कनेक्सन खोजिरहेको प्रहरी अधिकारीहरू नै बताउँछन् । ‘भारतीय मानिसहरू पनि संलग्न भएको कारण नक्कली नोटको कारोबारमा अन्तर्राष्ट्रिय कनेक्सन रहेको भन्नेलाई अप्ठ्यारो भएन,’ एक सुरक्षा अधिकारीले भने ।

अहिले पनि प्रहरी अनुसन्धान र खोजीमा लागिरहेको उनले बताए । ‘अरू केही कुरा दुई चार दिनमा सार्वजनिक हुन्छ । केही मानिसहरूको पहिचान भइसकेको छ । उनीहरूलाई हामी खोजी गरिरहेका छौँ,’ उनले भने । नक्कली नोटको कारोबार विगत ५ वर्षयता जारी रहेको प्रहरी स्रोत बताउँछ । सुनसरी प्रहरीका प्रहरी नायव उपरीक्षक नवीन कृष्ण भण्डारी अनुसन्धानबाट सबै कुरा खुल्ने बताउँछन् । ‘अहिले विस्तृतमा अनुसन्धान सुरु गरिएको छ । घटनामा अन्य व्यक्ति पनि संलग्न रहेको पाइएको छ,’ उनले भने ।

कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्रकुबेर खापुङले पनि अनुसन्धान गम्भीर ढंगले गरिरहेको बताए । ‘नक्कली नोटको विषयमा हामी गम्भीरतापूर्वक गहिराइमा पुगेर अनुसन्धान गरिरहेका छौँ । केही समय पछाडि हामी डिटेल जानकारी गराउँला,’ उनले भने, ‘केही अरू मानिसको पनि संलग्नता देखिएको छ । हामी फलो गरिरहेका छौँ । प्रदेशको टोली र हेडक्वार्टरको टोलीसँग पनि समन्वय गरेर अनुसन्धान गरिरहेका छौँ । यो गम्भीर खालको इस्यू छ ।’ नक्कली नोटमा एनआईसी एसिया बैंकको स्टिकर लागेको थियो । उक्त स्टिकर लागेकै आधारमा बैंकको संलग्नता नहुने खापुङले बताए । ‘बैंकको संलग्नता नै चाहिँ देखिएको छैन,’ उनले भने ।

नक्कली नोटको कारोबारीबारे विगतदेखि नै अनुसन्धानको रूपमा रहेको केस हो । अब पनि प्रहरीले अनुसन्धान गरेर नक्कली नोट कारोबारीको जरोसम्म नपुगे उसको विश्वसनीयतामा प्रश्न उठ्ने देखिन्छ ।

प्रहरीले नक्कली नोटसहित भारतको बिहार राज्य सुपौल जिल्ला वीरपुर बस्ने २२ वर्षीय छोटु भन्ने महम्मद शैयद साफी पक्राउ गरेको छ । साफीले चलाएको बीआर ११ एक्स ३४२९ नम्बरको स्कारपियो चेकजाँच गर्ने क्रममा प्रहरीले उक्त रकम फेला पारेको थियो । इनरुवा नगरपालिका ४ स्थित सुनसरी खोलाको पुल नजिकबाट स्कारपियो चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको प्रहरीले जनाएको छ । तर, स्कारपियोमै सवार रहेका अर्का व्यक्ति भने भाग्न सफल भएका छन् । बर्णमाला दैनिकबाट साभार ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]