०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

उपकुलपति कार्यालयमा प्रवेश गरेर कालो मोसो दलेको आरोपमा ३ जना पक्राउ

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, माघ १६, २०८०

तस्विर : नमो अनलाईन

धरान । बिपी प्रतिष्ठानका कामु उपकुलपति प्राडा प्रह्लाद कार्कीलाई कालो मोसो दलेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी नवीन राज भण्डारीले भने, ‘मंगलबार दिउँसो कामु उपकुलपति कार्कीलाई कार्यालय परिसरमा कालो मोसो दल्ने प्रयास गर्ने ३ जनालाई पक्राउ गरिएको छ ।’

पक्राउ पर्नेहरूमा मोहन वैद्य किरण नेतृत्वको भातृ संगठन निकट भीम बहादुर सार्की, शेर बहादुर कटुवाल, खेम थापा रहेका छन् ।

क्रान्तिकारी युवा संगठनले अध्यक्ष हरिस भट्टले फेसबुक स्ट्याटसमा ‘प्रतिष्ठानको समस्या समाधान गर्न चासो नदिएको, कर्मचारीहरूको बढुवा रोकेको, औषधि, मेशिन खरिद लगायतका खरिद प्रक्रियामा करोडौँ अनियमितता गरेको, निर्दोष कर्मचारीलाई षड्यन्त्र पूर्वक झुटा मुद्दा लगाएकाले कालो मोसो दलेको’ लेखेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]