बिराटनगर । नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले कठिन परिस्थितिका बावजूद राष्ट्रियसभा सदस्य निर्वाचनमा बाजी मारेका छन् । सत्तारूढ गठबन्धनकै महिला उम्मेदवार पराजित हुने कठिन परिस्थितिबीच सिटौला निर्वाचित हुनुलाई धेरै आश्चर्यका साथ कतिपयले हेरी रहेका छन् ।
नेपाली कांग्रेसका पूर्वमहामन्त्रीसमेत रहेका सिटौलाले राप्रपााका उद्धव पौडेललाई हराए जित हांसिल गर्न निकै कठिन थिए । नेकपा एमालेसँग सहकार्य गरेर राप्रपाले सिटौलालाई पछि पर्ने दाउमा थिए । तर, यता नेपाली कांग्रेसका नेता–कार्यकर्ताको साथ र गठबन्धन दलहरूको सहयोगमा सिटौला विजयी हुन् सफल भए ।
सिटौलालाई जसरी पनि जिताउने भनेर साथ दिने नेता–कार्यकर्ताबीचका एक हुन्, समाजसेवी अभिषेक गिरि । पछिल्लो समय समाजसेवामा सक्रिय देखिएका गिरिले राष्ट्रियसभा निर्वाचनका बेला चौतर्फी गरेको दौडधुपले सिटौलाको जित सहज भएको कतिपयको ठम्याई छ ।
गिरि स्वयम् भन्छन्, ‘राम्रो व्यक्तिले राष्ट्रियसभा स्थान पाउनुभएको छ । उहाँलाई हामीले सक्दो सहयोग गरेका हौँ । कठिन अवस्थाकाबीच सबै मिलेर उहाँलाई उकास्यौं । धेरै खुसी छु ।’
माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका निर्वाह गरेका सिटौला करिब एक दशक लगभग शक्तिविहीन थिए । तर, अहिले पुनः सत्ता–शक्तिमा ल्याउन माओवादीलगायत गठबन्धन दलको समर्थन रह्यो ।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिने सिटौलालाई संस्थापन इतर (डा. शेखर कोइराला) पक्षले उनलाई असहयोग गर्ने शंका थियो ।
तर, गिरिलगायत केही नेताका कारण कोइरालामात्र नभएर कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले खुलेरै समर्थन गरे । जसका कारण पनि उनको जित सुनिश्चित भयो ।
सिटौलाले आफ्ना निकटतम् प्रस्तिपर्धी राप्रपाका पौडेललाई सात सय ३० मतान्तरले पराजित गरेका हुन् । पौडेलले कुल ४ हजार पाँच सय ६२ मत ल्याउँदा कांग्रेसका सिटौलाले पाँच हजार दुई सय ९२ मत ल्याए ।
सिटौलालाई प्रदेशसभाको ४५ जना र पौडेललाई ४७ जना सदस्यहरूले मतदान गरेका थिए । स्थानीय तहतर्फ सिटौलाले एक सय ५३ मत ल्याउँदा पौडेलले एक सय नौ जना पालिका अध्यक्ष–उपाध्यक्ष तथा प्रमुख–उप–प्रमुखको मत प्राप्त गरे ।
एमालेले राप्रपासँग गठबन्धन गरेको भए पनि अधिकारीले प्रदेशसभाको एक र स्थानीय तहको चार जनाको मत प्राप्त गरे ।
यो जितसँगै सिटौला ७७ वर्षको उमेरमा सत्ता–शक्तिमा पुनरागमन गर्न सफल भएका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा झापा क्षेत्र नम्बर–३ बाट पराजित भएका सिटौलालाई राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले एमालेको सहयोग लिएर पराजित गरेका थिए ।