०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

‘धोती दिवस’ मा प्रहरीको हस्तक्षेप, ३० भन्दा बढि पक्राउ

Logo
नमो अनलाईन प्रकाशित सोमबार, पुष १६, २०८०

काठमाडौँको माइतीघर मण्डलामा भेला भएर ‘धोती दिवस’ मनाउने क्रममा प्रहरीले हस्तक्षेप गरेको छ।

जनवरी १ तारिखको अवसर पारेर ‘धोती दिवस’ मनाउन भन्दै माइतीघर मण्डलामा भेला भएकाहरूलाई प्रहरीले हस्तक्षेप गरेको हो।

आज बिहान मधेसी समुदायका केही व्यक्तिहरू सेतो धोती लगाएर ‘धोती दिवस’ लेखिएको ब्यानरसहित माइतीघर मण्डलामा भेला भएका थिए।

निषेधित क्षेत्रमा प्रदर्शन गरेको भन्दै प्रहरीले ३० जनालाई पक्राउ समेत गरेको छ।

सरकारले केही समय अगाडीबाट माइतीघर मण्डलामा प्रदर्शन, भेला, जुलुस लगायतका कुनै पनि गतिविधि गर्न प्रतिबन्ध लगाएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]