२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

ब्राउनसुगर लिएर भारतबाट नेपाल आउँदै गरेका सुनसरीका २ युवा पक्राउ

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, पुष १२, २०८०

तस्विर : फाईल

हरिनगर । सुनसरीको दुहबीका २ युवा भारतबाट ब्राउनसुगर सहित मोटरसाइकलमा नेपाल आइरहेको अवस्थामा विराटनगरमा पक्राउ परेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको ब्राउनसुगर लिएर भारतबाट नेपाल आउँदै गरेका सुनसरीका २ युवा पक्राउछ ।

पक्राउ पर्नेमा चालक दुहबी-९ का ३० वर्षीय मोहम्मद सहबाज र पछाडि बस्ने २७ वर्षीय मोहम्मद जावेद आलम छन् । उनीहरूलाई १ ग्राम ९ मिलिग्राम ब्राउनसुगर सहित लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

विराटनगर-१६ दरैयामा भारतबाट नेपाल आउँदै गरेको को १९ प ८६० नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उनीहरूलाई ब्राउनसुगर सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यसैगरी इलाका प्रहरी कार्यालय पथरीको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका-१० बाट प्रतिबन्धित औषधी स्पासपेन, ट्रमाडोल र डाईक्लोमाईन गरी ३६ चक्की सहित स्थानीय ३६ वर्षीय नारायण राईलाई पक्राउ गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]