बिराटनगर । समाजसेवी अभिषेक गिरीले सुरु गरेको विद्यालय सुधार अभियान अन्तर्गत बिराटनगर स्थित एक मदरसा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा जानकारी लिएका छन् ।
विराटनगर-८ अशोकचोक स्थित रहेको मदरसातालिमुल कुरान मदरसा पुगेर युवा नेता तथा समाजसेवी अभिषेक गिरीले भौतिक तथा शैक्षिक अवस्थाको बारेमा मदरसा प्रसाशन सँग जानकारी लिएका हुन्।
भौतिक अवस्था निकै कमजोर देखिएको उक्त मदरसालाई व्यवस्थित बनाउन आफु तयार रहेको अभियानता गिरिले बताएका छन् । गिरीले भने “मैले व्यक्तिगत तथा अन्य दात्री निकायहरुबाट आफुले सके जति सहयोग गर्ने/गराउने छु” “देशको बर्तमान शैक्षिक अवस्था देखेर आफु आफु सन्तुष्ट नभएकोले बिद्यालय सुधार अभियानमा लागेकोले हर सम्भव प्रयास गरेर सहयोग गर्ने छु” शिक्षा क्षेत्रमा हरेक नागरिकको पहुंच हुनु पर्ने धारणा बोकेर अभियानको थालनी गरेको समेत बताउनु भयो ।
मदरसाका बिद्यार्थीहरु सँग गफगाफ गर्दै उनिहरु बस्ने खोठाहरुको अवलोकन गर्दै सँगै बसेर खाना समेत खाएका थिए ।
यता मदरसाका प्रधानाध्यापक अब्दुस सुबानले अभियान्ता गिरीलाई धन्यवाद दिएका थिए । मदरसामा आएर अवलोकन गरी सहयोग गर्ने वाचा गरेकाले धन्यवाद दिएका हुन् ।
पछिल्लो समय गिरी मोरङ, सुनसरी र झापा लगायतको बिभिन्न स्थानमा रहेको बिद्यालयमा पुगेर त्यहाँको वस्तुस्थितिको बारेमा अध्ययन गर्दे आएका छन्।