हरिनगर । सुनसरीको हरिनगर गाउँपालिका वडा नं. ४ हरिनगरा स्थित रहेको श्री हरिनगरा मा. वि. तथा हरिनगरा बहुमुखी कलेजको संयुक्त आयोजनामा “शैक्षिक समस्या तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रम” सम्पन्न भएको छ ।
२०८९ सालमा स्थापना भएको हरिनगरा बहुमुखी कलेजको शैक्षिक अवस्था तथा समाधान विषयक अन्तरक्रिया कार्यक्रममा शैक्षिक क्षेत्रमा देखिएका समस्या उपर शिक्षाविद्व तथा सरोकारवालाले प्रकाश पारेका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरुले पुर्वाञ्चल युनिवर्सिटीबाट सम्बन्धन प्राप्त गरी सञ्चालनमा आएको कलेजको संरक्षण सबै पक्ष मिलेर गर्न सकिनेमा जोड दिएका छन् । हरिनगर गाउँपालिकाको गौरव सँग जोडिएकोले यसको उन्नती प्रगतिको लागि गाउँपालिकाले सम्पुर्ण जिम्मेवारी लिनु पर्नेमा अध्यक्ष गफार अंसारी सँग आग्रह गरेका थिए ।
कलेज सञ्चालनमा देखिएको आर्थिक समस्यालाई समाधान गर्न सबै जना आ-आफ्नो ठाउँबाट लागेर पहल गर्नु पर्नेमा वक्ताहरुले जोड दिएका थिए ।
कार्यक्रमका विशिष्ठ अतिथि हरिनगर गाउँपालिका अध्यक्ष हाजी गफार अंसारीले कलेज सञ्चालनको पुर्ण जिम्मेवारी पालिकाले लिन तयार रहेको बताउनुभयाे । बिभिन्न राजनीतिक दलका प्रतिनिधिहरु तथा अविभावकहरु सहकार्य गरी आर्थिक जुटाउनलाई सुझाव पनि दिएका थिए। पालिका लगायत दक्षिण वर्ती क्षेत्रकै नमुना बिद्यालय भएकोले यसको विकासमा आफु सदैव अग्रसर रहेको बताए। भर्खरै पालिकाले घेरावेरा गर्नको लागि बजेट छुट्याएकोले काम सुरु गर्ने तर्खरमा रहेको बताउनु भयो । आगामी अधिवेशनमा कलेजको लागि बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेश सभा सदस्य डा. हाजी इसराईल मन्सुरीले सुरु देखि आफु सँग समन्वय नगरेकाेमा दुख: व्यक्त गर्नु भयो । आफु पनि यही बिद्यालयको पुर्व बिद्यार्थी भएको नाताले समेत सदैव सहयोग गर्न तयार रहेको तर केही प्राविधिक त्रुटिको कारण समन्वय नहुँदा असहयोग हुन पुग्यो। पाँच जनाको एउटा टिम बनाएर कलेजलाई चाहिने समाग्रीहरुको लिस्ट लिएर समन्वय गर्न आउनु भयो भने प्रदेश बाट सके जति सहयोग गर्न तयार रहेको बताउनु भयो । साथै सबैलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि, विशिष्ट अतिथि र जग्गा दातालाई सम्मान समेत गरेको थियो ।