०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

टिकटक बन्द नगरे ५५ इन्टरनेट कम्पनी बन्द गराउने चेतावनी

Logo
नमो संवाददाता प्रकाशित बुधबार, मंसिर १३, २०८०

तस्विर : फाईल

काठमाडाैं । नेपाल दूरसञ्चार प्राधिकरणले ५५ वटा इन्टरनेट कम्पनीलाई टिकटक बन्द नगर्नुको कारण माग गरेको छ। सरकारको निर्णय अुनसार प्राधिकरणको निर्देशन कार्यान्वयन भए/नभएको सम्बन्धमा कुनै पनि जानकारी नआएको उल्लखे गर्दै २४ घन्टाभित्र जवाफ दिन आग्रह गरेको छ। साथै, २४ घन्टाभित्र जवाफ नआए ५५ वटा इन्टरनेट कम्पनीलाई कारबाही गर्ने चेतावनी समेत प्राधिकरणले दिएको छ।

‘संलग्न सूचीमा उल्लेखित इन्टरनेट सेवा प्रदायक कम्पनीहरुबाट २४ घण्टा भित्र कुनै पनि जवाफ प्राप्त नभएमा प्राधिकरणबाट दूरसंचार ऐन, २०५३ बमोजिम अनुमतिपत्र खारेजी लगायतको कारवाही प्रक्रिया अगाडी बढाईने व्यहोरा समेत यसै सूचना द्वारा जानकारी गराईन्छ,’ प्राधिकरणले भनेको छ।

सरकारले गत कार्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकबाट नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गराउने निर्णय गरेको थियो। सोही बमोजिम उक्त निर्णय कार्यान्वयन गरी जानकारी गराउन सम्बन्धित सवै इन्टरनेट सेवा प्रदायकहरु र मोवाइल सेवा प्रदायकहरुलाई प्राधिकरणबाट निर्देशन दिइसकेको प्राधिकरणले बताएको छ।

अनुमतिपत्र प्राप्त सेवा प्रदायकहरुबाट हालसम्म पनि प्राधिकरणको निर्देशन कार्यान्वयन भए÷नभएको सम्बन्धमा कुनै पनि जानकारी प्राप्त हुन नआएकोले भन्दै सो विषयमा जानकारी गराउन भनेको हो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । आईफोन १६ सार्वजनिक हुन अब केही दिन मात्र बाँकी छ । यस पटक आईफोन १६, आईफोन १६ प्लस, आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक हुने अनुमान गरिएको छ । अहिलेसम्म बाहिरिका जानकारी अनुसार ९ सेप्टेम्बरमा यी फोन सार्वजनिक हुनेछन् । आईफोनको यो नयाँ लाइनअप एआई, सफ्टवेयर अपडेट, क्यामेरा जस्ता अनेकन् […]

काठमाडौं । यही असार ७ गतेबाट पुनः प्रदर्शनमा आउन लागेको भजन शिरोमणि स्वर्गीय भक्तराज आचार्यको वायोपिक फिल्म ‘आचार्यु को नयाँ ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा भक्तराज आचार्यको बाल्यपन देखि  संगीत क्षेत्रको १६ बर्षे उत्कृष्ट समय अनि स्वर गुमेको घटना पनि देखाइएको छ । १३ बर्ष अघिनै निर्माण भएर प्रर्दशन भएता पनि भक्तराज आचार्य […]

काठमाण्डौं । गीतकार प्रमिला बस्नेतको नयाँ गीत ‘यो जिन्दगीको‘ बजारमा आएको छ । ‘यो जिन्दगीको‘ शिर्षकमा रहेको गीतमा गायिका अन्जु विश्वकर्मा ले स्वर दिएकी छन । सरोज प्याकुरेलको संगीत , फडिन्द्र राईको एरेन्जमा गीतमा निमार्ण गरिएको छ । प्रेमील जोडि विचको भावनात्मक सम्वन्धलाई निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ ।आफनो मनको कुरा बुझने मायालाई आफुले […]