काठमाडौं । इजरायल र प्यालेष्टिनी इस्लामिक लडाकू समूह ९हमास० बीच गाजामा सुरु भएको चार दिने युद्ध विरामको समयावधि सकिनै लाग्दा इजरायल र हमासबीचको ‘मानवीय विराम’ दुई दिन लम्बिने मध्यस्थकर्ता कतारले सोमबार जनाएको छ ।
इजरायल र हमासबीच गाजामा सुरु भएको चार दिने युद्धविराम स्थानीय समय अनुसार मंगलबार सकिँदै थियो ।
कतारी विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले एक्स ९ट्वीटर० मा भन्नुभएको छ, “जारी मध्यस्थताको एक भागको रूपमा, गाजा पट्टीमा मानवीय युद्धविरामलाई थप दुई दिन लम्ब्याउने सहमति भएको छ ।”
यसैबीच, युद्धविरामको एक पक्ष हमासले केही थप शर्तसहित युद्धविराम बिस्तार हुने सूचनालाई पुष्टि गरेको छ ।