०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

पहिचानको नाममा अराजक गतिविधि गरेको भन्दै नियन्त्रण गर्न एमालेको माग

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, मंसिर १२, २०८०

तस्विर : फाईल

हरिनगर । नेकपा एमालेले कोशी प्रदेशमा पहिचानवादीको नामा हिंसात्मक गतिविधि गरेको भन्दै आपत्ति जनाएको छ ।

आइतबार ताप्लेजुङको फुङलिङमा एमाले सचिव योगेश भट्टराईलाई लक्षित गरी भएको आक्रमणलाई लिएर एमालेले आपत्ति जनाएको हो।

कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडाले विज्ञप्ति जारी गर्दै पहिचानवादीको नाममा भएको अराजक गतिविधि प्रति खेद व्यक्त गरेका छन् । एमाले कार्यकर्ता सवार सवारी साधनमा ढुङ्गा मुढा प्रहार गरी भएको अवान्छीत गतिविधिको एमालेले घोर भर्त्सना गर्ने विज्ञप्तिमा उल्लेख छ ।

पहिचानको नाममा गैर जिम्मेवार, आपत्तिजनक र अराजक गतिविधि गर्ने तत्त्वलाई अविलम्ब नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याउनुपर्ने एमालेको माग छ ।

असहमत भए विरोध गर्न पाइने संविधानको व्यवस्था विपरीत भौतिक आक्रमणमा उत्रिनेहरू माथि कारबाही नगरी अराजकतालाई सरकारले प्रशय दिइरहेको आरोप लगाएका छान्ख ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]