०७ पुष २०८१, आइतबार
22-12-2024 , Sun
×

हाम्रो सरकार बने राज्यको ढुकुटीबाट उपचार गराउने नेताको पैसा फिर्ता गराउँछौंः लामिछाने

Logo
नमो संवाददाता प्रकाशित आइतबार, मंसिर १०, २०८०

तस्विर : फाईल

बिराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीको सरकार बने राज्य कोष खर्चिएर नेताको उपचार गराउने परम्परा रोक्ने, गरेकाहरूको पनि पैसा फिर्ता गराउने बताएका छन्।

सप्तरीको फत्तेपुरमा आइतबार आयोजित कार्यक्रममा उनले आफूसँग पैसा हुँदा पनि उपचारका नाममा राज्यको ढुकुटीतिर आँखा लगाउने गलत परम्परा रोकिनुपर्ने बताएका हुन्।

‘देश टाट पल्टिँदा नेता टाट नपल्टिने भन्ने हुँदैन, मेरो नेतृत्वमा देश टाट पल्टिएको हो भने मेरो सम्पूर्ण सम्पत्ति सम्पूर्ण राज्यले खोज्नुपर्छ। हरेक नेता, जसले ३४ वर्षमा देशलाई खोक्रो बनाए तिनको एकएक सम्पत्ति राज्यको हो, किनकि, तिनको गलत नीतिका कारण आज देश छाडेर जान बाध्य भएका छन मानिसहरू। हाम्रो सरकार आओस्, आफ्नो सम्पत्ति भइभइ राज्यको सम्पत्तिमा आँखा लगाएर आफ्नो उपचार राज्यको कोषबाट उपचार गराउनको पैसा सबैभन्दा पहिला फिर्ता गराउँछौं। तपाईंलाई उपचार गर्नुपर्‍यो भने र पैसा छैन भने घरखेत बेच्नुपर्छ नि, अनि नेताको चाहिँ घर ठाडो भइरहने, यिनले घरखेत नबेची राज्यको पैसाबाट उपचार गर्न पाउने१,’ उनले भने।

त्यस्तै उनले आगामी निर्वाचनमा रास्वपाका सांसदहरूले जनतासँग सम्झौता गरेरै भोट माग्ने बताए । उनले यो कार्यकालमा आफूले लिएको तलबभत्ताको एकएक हिसाब बुझाउने पनि बताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । मधेश प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । आज मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत नपाएपछि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनको आह्वान गरेकी हुन् । प्रदेश प्रमुखको कार्यालयका निमित्त सचिव शत्रुधन यादवले विज्ञप्ति जारी गरी प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न […]

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा नेपाली कांग्रेसले असभ्य व्यवहार गरेको बताएका छन् । अध्यक्ष ओलीले शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै कांग्रेसले उत्ताउलोपन देखाएर सत्तापक्ष र मन्त्री बसेको रोमा आएको बताएका हुन् ।  उनले कांग्रेस सांसदहरुले अपशब्द प्रयोग गरेको टिप्पणी गरेका छन् । बिहीवारको प्रतिनिधि सभा बैठकमा नेपाली कांग्रेसका उपसभापति धनराज […]

इलाम । इलाम क्षेत्र २ मा आउँदो १५ गते उपनिर्वाचन हुँदैछ । निर्वाचनको साताअघि इलाम सदरमुकामको चोकबजारमा बिहीबार ‘नो भोट’ भन्दै सयौंको भिडमा कार्यक्रम चलिरहेको छ । अभियानमा सहभागी हुन झापातिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आएका छन् । र, उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका छन् । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्टिूय झन्डा […]