२३ माघ २०८१, बुधबार
05-02-2025 , Wed
×

मेनपावरको नाममा ठगी गर्दै हिड्ने प्रदीप राउत प्रहरीको फन्दामा

Logo
नमो अनलाईन प्रकाशित आइतबार, माघ २०, २०८१

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने गरेको खुलेको छ।

काठमाडौं चपल कारखानास्थित अल शाहिद ओभरसिज (लाइसेन्स नं. १३२९/०७४/०७५) का निर्देशक बताउने राउतको नाममा उक्त मेनपावर दर्ता नभएको खुलासा भएको छ। सो कम्पनी बलराम भट्टराईको स्वामित्वमा रहेको कम्पनी रजिस्ट्रार कार्यालयले जनाएको छ।

राउतले आफ्ना सम्भावित शिकारलाई अफिसमा बोलाई चिया खुवाउने, महँगो गाडी देखाउने र आफू प्रभावशाली व्यक्ति भएको भन्दै ठगी गर्ने गरेको खुलेको छ। उनले “यो मेरो अफिस हो” भन्दै पैसा उठाउने र अफिसकै चेक दिएर “धरोटीमा हुन्छ, मैले नतिरे पनि धरौटीबाट कट्टा हुन्छ” भन्दै विश्वास जित्ने गरेको पिडितहरूले बताएका छन्।

झापाको बिर्तामोडमा ‘जानकी ओभरसिज’ को शाखा सञ्चालन गरेका राउत त्यहाँ बदनाम भएपछि काठमाडौं आएका थिए। काठमाडौं एयरपोर्ट नजिकै ‘सीडी ह्युमेन रिसोर्सेज’ नामक मेनपावरमा पार्टनरका रूपमा केही समय संलग्न भए पनि पैसाको हिसाब नमिल्दा त्यहाँबाट बाहिरिएका थिए। त्यसपछि उनले ‘अल शाहिद ओभरसिज’ मा आफू मालिक रहेको भन्दै ठगी धन्दा चलाएका थिए।

राउत प्रहरी र सेनाका उच्च अधिकारीहरूसँग सम्बन्ध रहेको बताउँदै आफ्नो पहुँच देखाएर ठगी गर्ने गरेको पत्ता लागेको छ। नाम नखुलाउने सर्तमा एक मेनपावर व्यवसायीले भने, “उनी आफ्नो होइन, अरूको नाममा दर्ता भएको मेनपावरको मालिक भएको नाटक गरेर ठगी गर्छन्। मलाई पनि ठगे। उनलाई कडा कारबाही हुनैपर्छ।”

हाल प्रहरी हिरासतमा रहेका राउतविरुद्ध थप अनुसन्धान भइरहेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । ठगी आरोपमा झापा मेचिनगरका प्रदीप राउतलाई प्रहरीले पक्राउ गरेको छ। बैंकिङ कसुर मुद्दामा संलग्न रहेको भन्दै महाराजगञ्ज प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो। राउतविरुद्ध १९ लाख ५० हजार र १५ लाख गरी दुईवटा चेक बाउन्सको जाहेरी परेको थियो। मेनपावर व्यवसायको आडमा ठगी गर्दै आएका उनले करोडौंको जग्गा किन्ने बहाना गर्दै धनाढ्य व्यक्तिहरूलाई जालमा पार्ने […]

हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ । सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो। स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर […]

देवानगञ्ज । संविधानको धारा २१७ बमोजिम गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा र नगरपालिकामा उपप्रमुखको संयोजकत्वमा तीन सदस्यीय एक न्यायिक समिति रहने व्यवस्था छ । उक्त समितिमा गाउँ सभा वा नगर सभाले आफूमध्येबाट निर्वाचित गरेका दुई जना सदस्य रहने व्यवस्था छ । न्यायिक समितिले सामान्य खालका मुद्दा मामिला, जग्गा जमीन, अंशबण्डा, साँध विवाद जस्ता मुद्दाको टुंगो लगाउने गर्दछ […]