देवानगञ्ज । सुनसरी स्थित देवानगञ्ज गाउँपालिका वडा नं. ३ कप्तानगञ्जबाट
३९ के.जी गाजा सहित ईलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टको नेतृत्वमा खटेको प्रहरी टोलिले एकजनालाई पक्राउ गरेको छ।
अरविन्द कुमार यादवको घरमा लुकाई राखेको अवस्थामा इलाका प्रहरी कार्यालय देवानगञ्ज, कोशी प्रदेशका PIT शाखा र जिल्ला प्रहरी कार्यालय सुनसरीको सादा पोसाकको संयुक्त टोलिले २०८१ सालको माघ १५ गते बिहान १०:०० बजेको समयमा खानतलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३९.२९० के.जि. अवैध गाँजा सहित एक महिलालाई पक्राउ गरेको हो।
२ वटा जेब्रा झोला र खाल्टो खनि ड्रम भित्र प्लाष्टिकमा प्याक गरी राखिएको गाजा सहित महिलालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख कमल विष्टले जानकारी दिनुभयो।
नियन्त्रणमा लिएको अरविन्द कुमार यादवको ३५ वर्षीया श्रीमती सोनी कुमारी यादव माथि थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।