हरिनगर। हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको छ ।
सुनसरी स्थित हरिनगर गाउँपालिकामा रहेको पूर्वाञ्चल विश्वविद्यालयबाट मान्यता प्राप्त हरिनगरा बहुमुखी कलेजमा संचालन भैरहेको B. Ed. प्रथम बर्षको बार्षिक परिक्षा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको कलेज प्रमुख बलराम मण्डलले बताउनु भयो।
स्थानिय तहमै कलेज स्थापना भएपछि बाहिर गएर उच्च शिक्षा हाँसिल गर्न नसक्ने बिद्यार्थीहरु पढ्ने अवसर पाएकोले आफ्नो मेहनत र लगनशीलताले परिक्षामा सहभागी हुँदा सौहार्दपूर्ण वातावरणमा संचालन भैरहेको बताउनु भएको हो। साथै यस बर्षको लागि नयाँ भर्ना खुल्ला रहेकोले भर्ना हुन समेत सबैलाई आग्रह गरेका छन्।
कलेज प्रशासनका उग्र नारायण यादवका अनुसार परिक्षामा ६० जना बिद्यार्थी सहभागी हुने गरेको छ। परिक्षा निरिक्षकको रुपमा पूर्वाञ्चल विश्वविद्यालयबाट नै शिक्षक आउने गरेको छ। जसकारण परिक्षा व्यवस्थित र मर्यादित हुने गरेको जानकारी गराउनु भयो।
कलेज संचालनमा आए देखीनै राम्रो व्यवस्थापनको कारण चर्चामा रहदै आएको छ । कलेजमा अध्यनरत अधिकांश विद्यार्थीहरु छात्रा रहेको छ। बाहिर पठाएर अध्ययन अध्यापन गराउन न सक्ने अविभावकहरु हरिनगरा बहुमुखी कलेजमै आफ्ना छोरा छोरीलाई उच्च शिक्षा दिलाउन पाउँदा हर्षित भएका छन्।