विराटनगर । कोशी सुधार अभियानको सभापतीमा समाजिक अभियन्ता अभिषेक गिरी सर्वसम्मत चयन भएका छन् ।
विराटनगरमा एक कार्यक्रमको आयोजना गरी कोशी सुधार अभियानको बारेमा छलफल तथा समिति गठन गर्न गरिएको भेलाले गिरीलाई सभापतिमा सर्वसम्मत चयन गरेको हो ।
गिरीको सभापतित्वमा ५१ सदस्य कमटी गठन भएको छ । कमिटीका पदाधिकारीहरुलाई प्रमुख अतिथी खड्ग फागो, विशिष्ठ अतिथी ओसिम आलम, सभापती अभिषेक गिरी लगायतले दोसल्ला ओढाएर कोशी प्रदेश सुधार अभियानमा स्वागत गरेका थिए ।
सार्वजनीक तथा निजी अस्पताल सुधार , सार्वजनीक विद्यालय सुधार, सार्वजनीक सम्पतीको संरक्षण, स्वदेशमै रोजगारी, सरसफाई अभियान, कोशी अस्पताल सुधार अभियान,वृक्षा रोपण अभियान, प्राकृतीक प्रकोप उद्दार , लगायतका नारा राखी कोशी सुधार अभियानको थालनी गरिएको जनाइएको छ।
५ सय भन्दा बढि सर्वसाधारणको उपस्थितीमा विराटनगरको रामजानकी मन्दिरको सभा हलमा गरिएको कार्यक्रममा ऐकिकृत समाजवादीका केन्द्रिय सदस्य ओसिम आलमले कोशी सुधार अथियान मार्फत अभिषेक गिरीले राम्रो कार्य गर्न खोजेको र आफ्नो पुर्ण सहयोग रहने बताएका थिए ।
त्यसैगरी कार्यक्रमाका प्रमुख अतिथी कोशी प्रदेश कांग्रेशका सह महामन्त्री खड्ग फागोले अभिषेक गिरीले गरेको कार्य सह्रानिय भएको र अव युवाहरु जाग्नुपर्ने दिन आएको बताए ।
कार्यक्रममा बोल्दै समाजसेवी तथा सभापती अभिषेक गिरीले समाजका सवैकुराहरुलाई सुधार गर्नका लागि र स्वास्थ्य शिक्षाको पहुँचमा नभएका व्याक्तिहरुलाई सहजहोस् भनेर कमिटी गठन गरिएको बताएका छन् । अहिले कोशी प्रदेश स्तरीय समिति गठन गरिएको र अब विस्तारै कोशी प्रदेश भरिका हरेक जिल्लामा कमिटी विस्तारै गठन गर्दै जाने योजना रहेको छ।