कञ्चनपुर। कञ्चनपुरमा आठ लाख मुल्यको अवैध सामानसहित १४ वटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरी टोलीले ७ लाख ३५ हजार, इलाक प्रहरी कार्यालय दोधाराले ७२ हजार ८८० प्रहरी चौकी परासनले ८ हजार ७ सय र अस्थाइ प्रहरी पोष्ट मझगाउँले ६ हजार १८० गरि जम्मा ८ लाख २२ हजार ७६० मूल्य बराबरको भन्सार छलीको सामान चिनी, सलाई , बिडी, तेल लगायत १४ थान मोटरसाइकल बरामद गरी थप कारबाहीको लागि भन्सार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।