काठमाडौं । सरकारले भूकम्पपछिको पुनर्निर्माणका लागि २१ अर्ब ६० करोड बजेट विनियोजन गरेको छ।
आगामी आवको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले जाजरकोट, डोटी र बझाङ केन्द्रविन्दु भएर गएका भूकम्पपछिको पुनर्निर्माणलाई प्राथमिकतामा राखिएको बताए।
पुनर्निर्माणका लागि एकीकृत तथ्यांक संकलन गरिनेछ। विपत् प्राधिकरणको तथ्यांकअनुसार १५ जिल्लामा निजी आवाससँगै सरकारी भवन पुनर्निर्माण गर्नुपर्नेछ।