३० फाल्गुण २०८१, शुक्रबार
14-03-2025 , Fri
×

देवानगञ्जमा कारबाट गाँजा बरामद, चालक भने फरार 

Logo
ब्रहमदेव मेहता प्रकाशित बुधबार, जेठ ०९, २०८१

तस्विर : नमो अनलाईन

देवानगञ्ज । नेपाल प्रहरीले बुधवार साँझ देवानगञ्जबाट ९७ किलोग्राम गाँजा बरामद गरेको छ ।

बा ८ च १२५५ नम्बरको कारको पछाडीको डिकिमा लुकाई छिपाइ भारत लैजान लागेको अवस्थामा देवानगञ्ज गाउँपालिकाका वडा नं. – २ देवानगञ्ज बजार भन्दा पुर्व मेहता टोलबाट उक्त गाँजा बरामद गरिएको इलका प्रहरी कार्यालय देवानगञ्जले जनाएको छ ।

इलका प्रहरी कार्यालय देवानगञ्जका प्रमुख महेश भट्टराईको नेतृत्वमा खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा खोजिकार्य गरी रहदा उक्त स्थानमा रोकि राखेको कारको डिकिबाट गाँजा बरामद गरिएको जनाईएको छ ।

इलका प्रहरी कार्यालय देवानगञ्जले दिएको जानकारी अनुसार “विशेष सुचनाको आधारमा हामी खोजि कार्य गरि रहेका थियों” “त्यतिकै मा देवानगञ्ज बजार भन्दा पुर्वको बाटोमा उत्तर तर्फबाट दक्षिण तिर तिब्र गतिमा कार गरिरहेको जानकारी प्राप्त भयो”। “हामी त्यहाँ पुग्दा सम्म कार चालक कार छोडेर भागि सकेको थियो” । कारको चेकजाँच गर्दा डिकिमा उक्त गाँजा फेला पारेका हौं।” “उक्त गाँजा कस्को हो।” कहाँबाट ल्याईएको भन्ने कुरा अनुसंधानबाट खुल्ने जनाईएको छ ।

पछिल्लो समय देवानगञ्ज गाउँपालिकाको बिभिन्न स्थानबाट ठुलो परिणाममा गाँजा बरामद गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बर्जु । कोशी प्रदेश स्थित सुनसरी जिल्लाको सिमावर्ती क्षेत्र बर्जु गाउँपालिकाले बढ्दै गई रहेको कालोबजारीलाई नियन्त्रण गर्न बजार अनुगमन गरि म्याद गुज्रेका समानहरु नियन्त्रणमान लिई नष्ट गरेको छ । गाउँपालिका भित्र पर्ने बजार देखी गाउँघरमा खोलिएका किराना पसल, मदिरा, हार्डवेयर, औषधी पसल, कपडा पसल, कस्मेटिक पसल तथा होटेलहरूमा फितलो अनुगमनको फाइदा उठाउँदै म्याद गुज्रेका तथा […]

बर्जु। कोशी प्रदेश स्थित बर्जु गाउँपालिकाका कर्मचारीहरुले संयुक्तरूपमा गाउँपालिका अध्यक्षलाई ज्ञापनपत्र बुझाएका छन् । पालिकामा कार्यरत कर्मचारीहरुको सुरक्षाको प्रत्याभुती गरी ७२ घण्टा भित्र सहज र सरल ढंगबाट काम गर्ने वातावरण सृजना गरियोस भन्ने माग गर्दै ज्ञापन पत्र बुझाएका हुन् । ज्ञापनपत्रमा ” २०८१ साल फागुन २० गतेका दिन यस बर्जु गाउँपालिकाको प्रशासन शाखामा अन्दाजी १०:४५ […]

देवानगञ्ज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग माओवादी अभियानले जनतालाई अजयशक्ति प्रदान गर्ने बताएका छन् । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गत सुनसरीको देवानगञ्ज गाउँपालिकामा आयोजित जनजागरण सभालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । पहिलो चरणमा सुरु गरिएको हुलाकी मार्ग केन्द्रित अभियानले दक्षिण सिमाना बसोबास गर्ने नेपालीको अवस्था बुझेर उनीहरूमाथिको विभेद […]