०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

भारतीय बजार पलियामा नेपाली दुव्र्यसनीहरूको सङ्ख्या बढ्यो, सूचि बनाउदै प्रहरी

Logo
नमो संवाददाता प्रकाशित मंगलबार, बैशाख १८, २०८१

तस्विर : नमो अनलाईन

धनगढी । भारतको पलिया प्रहरीले नेपाली दुव्र्यसनीहरूको सूचि बनाउन थालेको छ। धनगढीसँग सीमाना जोडिएको भारतीय बजार पलियामा नेपाली दुव्र्यसनीहरूको सङ्ख्या बढेपछि प्रहरीले सूचि बनाउन थालेको हो।

भारतीय प्रहरीका अधिकारी यादवेंद्र यादवका अनुसार पलिया सहर लागुऔषध सेवनकर्ताहरूको अखडा बन्दै गएको छ। नेपाली सेवनकर्ताहरूको कारण सहर नै बदनाम हुन थालेकाले उनीहरूको सूचि तयार गर्न थालिएको पलिया प्रहरीले बताएको छ। भारतीय प्रहरीले नेपाली लागुऔषधका सेवनकर्ताहरुको सूचि तयार पारेर नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको हो। भारतीय प्रहरीले पलिया क्षेत्रमा लागुऔषधको कारोबार गर्नेहरूको समेत सूचि बनाउदै छ। उनीहरूलाई भारतको कानुन अनुसार कारबाही गर्ने र नेपाली दुव्र्यसनीहरूको सूचि नेपाल प्रहरीलाई बुझाउने तयारी गरिएको हो।

नेपाल–भारत सीमा क्षेत्रहरूमा नेपाल प्रहरीले उनीहरूलाई निगरानीमा राख्न सहज होस् भनेर भारतीय प्रहरीले सूचि तयार गर्ने काम थालेको बताएको छ। भारतीय प्रहरीका अनुसार नेपाली किशोर–किशोरी तथा युवा–युवतीहरू रातिको समयमा समेत पलियाका सडकहरुमा लागुऔषध सेवन गरेको अवस्थामा हँड्दै आएका छन्। उनीहरु लागुऔषधका कारण होसमा समेन नरहेको अवस्थामा भारतीय प्रहरीले फेला पारेको छ। आइतवार दुई नेपाली किशोरीलाई भारतीय प्रहरीले पक्राउ गरेको थियो। उनीहरुलाई पछि भारतीय प्रहरीले छोडेको छ। भारतीय प्रहरीले सीमा क्षेत्रका वनगाउँ, पलिया लगाएतका सहरहरूमा लागुऔषधको कारोबार तथा सेवन विरुद्धमा अभियान सञ्चालन गरेको बताएको छ।

गत सोमवार भारतीय प्रहरीले ठुलो मात्रामा लागुऔषधसहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको थियो। नेपाल प्रहरीको फरारको सूचिमा रहेका अंकित गुप्ता (माल्या) र विक्कि (गुप्ता) नेपालीलाई पक्राउ गरिएको हो। उनीहरूको साथबाट भारतीय प्रहरीले ३९० ग्राम लागुऔषध, नगद र आइफोनसमेत बरामद गरेको थियो। प्रहरीले बिक्कीबाट एक सय ३० ग्राम लागुऔषध र अंकितबाट २६० ग्राम लागुऔषभ बरामद गरिएको छ। उनीहरूको साथबाट १६ हजार भारतीय र १९ हजार नेपाली रुपैयाँ समेत बरामद गरिएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]