०८ पुष २०८१, सोमबार
23-12-2024 , Mon
×

जनकपुरमा जलिरहेको अवस्थामा युवतीको शव फेला

Logo
नमो संवाददाता प्रकाशित बिहिबार, बैशाख ०६, २०८१

तस्विर : नमो अनलाईन

काठमाडौं । जनकपुरमा जलिरहेको अवस्थामा एक युवतीको शव फेला परेकाे छ । धनुषाको जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोकमा रेल्वे लिक नजिक पोखरी डिलमा बुधबार राति २३ वर्षीय युवतीको शव जलिरहको अवस्थामा प्रहरीले फेला पारेकाे हाे ।

शव महोत्तरीको मनरासिसा नगरपालिका-२ कि २३ वर्षीया मप्रियंका महतोको रहेको प्रहरीले जनाएकाे छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पोखरीको डिलमा राति ८ बजेतिर शव जलिरहेको स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेर बरामद गरेको हो । शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

 

कमेन्ट गर्नुहोस्
सम्बन्धित

हरिनगर। कोशी प्रदेश स्थित सुनसरीको हरिनगर गाउँपालिका, गाउँ कार्यपालिकाको १८औं गाउँ सभाको अधिवेशन सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष गफार अन्सारीको सभाअध्यक्षतामा सम्पन्न भएको सो गाउँ सभाको अधिवेशनमा सभा प्रमुख अन्सारीले महालेखा परिक्षक टोली यसै हप्ता गाउँपालिका आउने भएकाले सो अगाबै बेरुजु रकमको रित पुगेका र अब उप्रान्त त्यस प्रकारको गल्ती नहुने आत्मआलोचना सहितको निर्णय […]

विराटनगर। कोशी प्रदेशको मोरङ जिल्ला स्थित विराटनगरमा रहेको नोबेल मेडिकल कलेज टिचिङ्ग अस्पताल अगाडि रहेका पसल संचालकहरुले ग्राहकलाई ठगिने गरेको पाईएको छ। जस्को मारमा अस्पतालमा छिमेकी मुलुक भारतबाट उपचार गर्न आएका बिरामी बढी ठगिने गरेको कुरा बाहिरीएको छ । अस्पताल वरपरका पसल तथा होटेल व्यवसायीहरूले तोकिएको मूल्यभन्दा बढी रकम असुल्ने गरेको अस्पतामा उपचार गराउन आउनेहरुले […]

विराटनगर । विराटनगर महानगरपालिका वडा नं. ४ का बासिन्दाहरुका लागि उपचारमा विशेष सहुलियत प्रदान गर्न नोवेल मेडिकल कलेज टिचिङ्ग हस्पिटलले नयाँ सुविधा सुरु गरेको छ। मिति २०८१ मंसिर २३ गते सम्पन्न सम्झौतामा वडा नं. ४ का वडा अध्यक्ष श्री जितन थापा र नोवेल मेडिकल कलेजका अस्पताल निर्देशक प्रा. डा. राजेश नेपालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार, […]