काठमाडौं । भारतीय अभिनेत्री राखी सावन्तविरूद्ध मानहानिको निवेदन दर्ता भएको छ।
उनीविरूद्ध मुम्बई एनसिबीको पूर्व क्षेत्रीय निर्देशक समीर वानखेन्डेले मानहानिको निवेदन दिएका हुन्। राखीसँगै उनका वकिल काशिफ अली खानविरूद्ध पनि निवेदन दिएका छन्।
समीरले राखीविरूद्ध आफ्नो छवि खराब गरेको आरोप लगाएका छन्। उनले यस मुद्दामा ११ लाख भारू क्षतिपूर्ति माग गरेका छन्।
भारतीय सञ्चारमाध्यम इन्डियन एक्सप्रेसका अनुसार समीरले निवेदनमा एक अन्तर्वार्ताको बारेमा बताएका छन्। राखी र काशिफले आधारहीन कुरामा एक टेलिभिजनलाई आफ्नोविरुद्ध बयान दिएको बताएका छन्।
उक्त अन्तर्वार्तामा राखीले समीर वानखेन्डे मिडियाबाट चर्चा आउन सेलिब्रेटीहरूलाई निसाना बनाउँछन् भनेकी थिइन्। काशिफ अली खानले उक्त कुरालाई प्रोत्साहन दिँदै सामाजिक सञ्जालमा पोस्ट गरेको समीरको आरोप छ।